के हो खुला विश्वविद्यालय ? कसरी हुन्छ पढाई ? पढ्ने होइन त, हेर्नुहोस् पुरा समाचार…
काठमाडौँ, १६ जेष्ठ। पहिलो पटक खुलेको खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ ।
नयाँ विषय र घरमा बसी पढ्न सकिने विश्वविद्यालयमा आकर्षण बढेको विश्वविद्यालका उपकुलति डा लेखनाथ शर्माले जानकारी गराए । ‘‘पैसा र समय भएर पनि नियमित रूपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्ने र वर्षाैँदेखि पढाइ छुटेकाहरुले जुनसुकै स्थानबाट पढ्न सक्नेछन्’’, उनले भने ।
प्रविधिमा आधारित खुला एवं दूरशिक्षाको माध्यमबाट सो अध्यायन सिकाइ पद्धतिद्वारा जीवनपर्यन्त शिक्षा प्राप्तिको अवसर र पहुँच सबैमा पु¥याउने उद्देश्यले स्थापना गरिएको उक्त विश्वविद्यालयले आफ्नो कार्यक्रमको सञ्चालन नेपालभित्र र बाहिर पनि गर्नसक्ने छ ।
सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानून, विज्ञान, स्वास्थ्य र प्रविधि सङ्कायमा पढाइ हुने विश्वविद्यालयमा अहिले पाँच विषयमा पठनपाठन शुरु गरिएको छ ।
विश्वविद्यालयले डेढवर्षीय पाठ्यक्रमअन्तर्गत सामाजिक विज्ञान र सूचना प्रविधिमा एमफिल, एकवर्षीय पाठ्यक्रमअन्तर्गत दूर तथा ‘इ–लर्निङ’मा पोष्ट ग्य्राजुयट तथा पुस्तकालय र सूचनामा डिप्लोमा एवं दुईवर्षीय स्नातकोत्तर तहको इ–गभर्नेन्स विषयमा पढाइ सञ्चालन गरिएको छ ।
आइतबारदेखि शुरु गरिएको पढाइमा ४०६ विद्यार्थी छन् । प्रवेश परीक्षाका लागि आठ सय विद्यार्थीले फाराम भरेका थिए । इन्टरनेटका माध्यमबाट अध्ययन गराइने विश्वविद्यालयमा डिप्लोमा, पोष्ट ग्य्राजुएट, स्नातकोत्तर, एमफिल र विद्यावारिधिसम्मको अध्ययनअध्यापन हुनेछ ।
व्यवस्थापन र कानून सङ्काय, सामाजिकशास्त्र तथा शिक्षा सङ«कायबाट साधारण विषयदेखि इञ्जिनीयरिङसम्मका विषय दूरशिक्षाबाट पढ्न पाइने र विज्ञान, स्वास्थ्य र प्रविधि सङ्कायबाट प्राविधिक तथा व्यावसायिक सीपदेखि विज्ञान विषयको अध्ययन हुनेछ ।
शिक्षकले अनलाइन भिडियोबाट बिहान र साँझ कक्षा लिनेछन् । ‘‘भिडियोमार्फत शिक्षक र विद्यार्थीबीच प्रत्यक्ष अन्तक्र्रिया भएको हुन्छ’’, उनले भने, ‘‘कक्षामा शिक्षकसँग विद्यार्थीले नबुझेको कुरा सोध्न सक्छन् ।’’
अध्ययनका लागि अध्ययन सामग्री सबै अनलाइनमा नै राखिएको हुन्छ । इ–लाइब्रेरीमा राखिएका अध्ययन सामग्रीलाई विद्यार्थीले पढ्नका लागि प्रयोग गर्न सक्ने उनले बताए ।
अनलाइनमा विद्यार्थीलाई १६ भागमा छुट्टाएर कक्षा शुरु गरिएको छ । ‘‘विद्यार्थीलाई बेला बेलामा हामीले प्रत्यक्ष शिक्षकबाट समेत कक्षा दिने छौँ’’, उनले भने, ‘‘त्यसले शिक्षक र विद्यार्थीबीच आत्मीयतासमेत बढाउनेछ ।’’
सरकारले सङ्घीय–संसद्बाट पारित भएको खुला विश्वविद्यालय विधेयक २०७३ असार ३० गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । उपकुलपति डा शर्माले वर्षमा फागुन र साउनमा दुई पटक अध्ययनका लागि भर्ना खोलिने जानकारी दिनुभयो । उनले दोस्रो चरणको भर्नामा नयाँ विषय थप गरिने योजना रहेको बताए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












