अन्डरलाइन हटाउदै (ने क पा) थप्ने तयारिमा सत्तारुढ दल
काठमाडौं १७, जेष्ठ । एमाले-माआेवादी एकता पश्चात बनेको नयाँ पार्टीको नाम परिवर्तन हुने भएको छ । निर्वाचन आयोगले पार्टीको नाममा पुनर्विचार गर्न भनेपछि नाममा अन्डरलाइन हटाएर पछाडि (ने क पा) थप्न लागिएको हो ।
दल दर्ता प्रक्रियामा रहेका नेकपाका एक नेताले भने, ‘हामी आजै यो नाम आयोगमा बुझाउँदैछौं ।’
पार्टीका ४४१ जना केन्द्रीय सदस्यको हस्ताक्षर, नागरिकताको प्रतिलिति भने बुझाइसकिएको छ ।
एमाले र माओवादीले एकता गर्दा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमति भएको थियो । तर, ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी यसअघि नै आयोगमा दर्ता छ । त्यसैले दुई दलले पार्टी एकता घोषणा गर्नुअघि आयोगमा नेपाल कम्युनिस्ट पार्टी दर्ता गर्न आवेदन दिएका थिए ।
३३ प्रतिशत महिलाले दर्ता रोकिँदैन
नेकपाको ४४१ सदस्यीय केन्द्रीय समितिमा महिलाको सहभागिता ३३ प्रतिशत पुग्दैन । नेकपाकै महिला नेतृहरुले दल दर्ताका क्रममा आवाज उठाएका थिए ।
तर, आगामी महाधिवेशनबाट ३३ प्रतिशत महिला, समावेशी सबै पूरा गर्ने प्रतिवद्धता जनाएकाले यसले दल दर्ता नरोकिने भएको छ । एक नेता भन्छन्, ‘राजनीतिक दलसम्वन्धी ऐनको दफा १० अनुसार दुई पार्टी मिलेको हो । ३३ प्रतिशत महिला सहभागिता नभएका कारण रोकिँदैन । आयोगले केही भनेको छैन ।’
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











