क्या बात: धुर्मुसलाई अस्पतालले पैसा नदिने, मन्त्रीले सहयोग रकम रोक्ने
काठमाडाैं १८, जेष्ठ । हाँस्यकलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल ‘धुर्मुस’ अहिले वीर अस्पतालको सरसफाइ अभियानमा लागिपरेका छन् । नेपालकै जेठो अस्पताल वीर अस्पतालको रङ-रोगनसहित सरसफाइ अभियानमा लागेका धुर्मुस अप्ठयारोमा परेको बताउछन् ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले सरकारी स्वास्थ्य संस्थालाई पूर्ण सरसफाइयुक्त बनाउन थालेको एकमहिने सरसफाइ अभियानमा धुर्मुस-सुन्तली फाउन्डेसनले वीर अस्पतालको सरसफाइको काम धमाधम गरिरहेको छ । उक्त अभियान नेपालको जेठो अस्पताल वीर अस्पतालबाटै सुरु गरिएको थियो । सरसफाइ अभियान दूतका रूपमा हाँस्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ रहेका छन् ।
धुमुर्स अस्पताललाई नमूना रूप दिन रंगरोगन तथा अन्य भौतिक व्यवस्थापन गरिरहेका छन् । धुर्मुस उधारोमा रंग धमाधाम लगाउँदै छन् । धुर्मुसका अनुसार अहिलेसम्म रंगरोगनमा ४८ लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । रंगरोगनको काम अझै आधाउधी बाँकी छ । अहिले अस्पतालले रकम निकासी पनि गरिदिएको छैन ।
अस्पतालको सरसफाइको नाजुक अवस्था देखेपछि पर्यटन तथा व्यवसायीहरूको समूहबाट फाउन्डेसनललाई केही सहयोग आयो । तर मन्त्री अर्यालले सहयोग रकम उठाउन नपाउने बताएकी छिन् । गत वैशाख २३ गते स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल आफैले बोलाएर धुर्मुस सुन्तलीलाई वीर अस्पताल सफाइ अभियानमा साथ दिन आग्रह गरेकी थिइन् । तर अहिले अस्पतालको सरसफाइमा धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्दा पनि सहयोग उठाउन नपाउने बताएकी छिन् ।
बिहीबार वीर अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले वीर अस्पतालको सरसफाइका लागि रकम संकलन गर्ने जिम्मा अभियन्तालाई नदिई सरकारले नै लिने बताइन् । मन्त्री अर्यालले अस्पतालको रंगरोगनका लागि बाहिरबाट चन्दा उठाउन नपाइने बताइन् ।
अस्पतालको प्यासेजमा नै सुतेर अनिधो भएर काम गरिरहेको बेला धुर्मुस सुन्तली फाउण्डेसनले लुटि रहेको छ भन्दा चित्ता दुखौनुको साथै आपत्ति पनि धुर्मुस जनाएका छन् । फाउन्डेसनले १४ लाख ६४ हजार ८ सय ३५ रुपियाँ उठाएको बताएका छन् । अहिले उनी रकम निकासाका लागि अस्पताल व्यवस्थापनसँग पहल गरिरहेका छन् । तर अस्पतालले आलटाल गरिरहेको छ । अस्पतालले रंगरोगनको लागि अहिलेसम्म एक पैसा दिएको छैन ।
वीर अस्पताल सरसफाइ अभियानको नाममा धुर्मुस सुन्तली फाउण्डेशनले चन्दा सङ्कन तथा रकम हिनामिना गरेको भन्दै टिका टिप्पणी पनि आएका थिए
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












