क्या बात: धुर्मुसलाई अस्पतालले पैसा नदिने, मन्त्रीले सहयोग रकम रोक्ने
काठमाडाैं १८, जेष्ठ । हाँस्यकलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल ‘धुर्मुस’ अहिले वीर अस्पतालको सरसफाइ अभियानमा लागिपरेका छन् । नेपालकै जेठो अस्पताल वीर अस्पतालको रङ-रोगनसहित सरसफाइ अभियानमा लागेका धुर्मुस अप्ठयारोमा परेको बताउछन् ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले सरकारी स्वास्थ्य संस्थालाई पूर्ण सरसफाइयुक्त बनाउन थालेको एकमहिने सरसफाइ अभियानमा धुर्मुस-सुन्तली फाउन्डेसनले वीर अस्पतालको सरसफाइको काम धमाधम गरिरहेको छ । उक्त अभियान नेपालको जेठो अस्पताल वीर अस्पतालबाटै सुरु गरिएको थियो । सरसफाइ अभियान दूतका रूपमा हाँस्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ रहेका छन् ।
धुमुर्स अस्पताललाई नमूना रूप दिन रंगरोगन तथा अन्य भौतिक व्यवस्थापन गरिरहेका छन् । धुर्मुस उधारोमा रंग धमाधाम लगाउँदै छन् । धुर्मुसका अनुसार अहिलेसम्म रंगरोगनमा ४८ लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । रंगरोगनको काम अझै आधाउधी बाँकी छ । अहिले अस्पतालले रकम निकासी पनि गरिदिएको छैन ।
अस्पतालको सरसफाइको नाजुक अवस्था देखेपछि पर्यटन तथा व्यवसायीहरूको समूहबाट फाउन्डेसनललाई केही सहयोग आयो । तर मन्त्री अर्यालले सहयोग रकम उठाउन नपाउने बताएकी छिन् । गत वैशाख २३ गते स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल आफैले बोलाएर धुर्मुस सुन्तलीलाई वीर अस्पताल सफाइ अभियानमा साथ दिन आग्रह गरेकी थिइन् । तर अहिले अस्पतालको सरसफाइमा धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्दा पनि सहयोग उठाउन नपाउने बताएकी छिन् ।
बिहीबार वीर अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले वीर अस्पतालको सरसफाइका लागि रकम संकलन गर्ने जिम्मा अभियन्तालाई नदिई सरकारले नै लिने बताइन् । मन्त्री अर्यालले अस्पतालको रंगरोगनका लागि बाहिरबाट चन्दा उठाउन नपाइने बताइन् ।
अस्पतालको प्यासेजमा नै सुतेर अनिधो भएर काम गरिरहेको बेला धुर्मुस सुन्तली फाउण्डेसनले लुटि रहेको छ भन्दा चित्ता दुखौनुको साथै आपत्ति पनि धुर्मुस जनाएका छन् । फाउन्डेसनले १४ लाख ६४ हजार ८ सय ३५ रुपियाँ उठाएको बताएका छन् । अहिले उनी रकम निकासाका लागि अस्पताल व्यवस्थापनसँग पहल गरिरहेका छन् । तर अस्पतालले आलटाल गरिरहेको छ । अस्पतालले रंगरोगनको लागि अहिलेसम्म एक पैसा दिएको छैन ।
वीर अस्पताल सरसफाइ अभियानको नाममा धुर्मुस सुन्तली फाउण्डेशनले चन्दा सङ्कन तथा रकम हिनामिना गरेको भन्दै टिका टिप्पणी पनि आएका थिए
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











