पाल्पामा बस दुर्घटना, १२ जनाको मृत्यु १५ घाइते
पाल्पा १८, जेष्ठ । पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस हुमिन भन्ने ठाउँमा दुर्घटना भएको छ। रिजर्भमा गएको बस रम्घा गाउँपालिका वडा नं ४ हुमिनमा बिहान ९ बजे दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ। लु २ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तका अनुसार दुर्घटनामा ९ पुरुष र ३ महिलाको मृत्यु भए पनि सनाखत हुन बाँकी छ ।
घटनास्थलमा अहिले प्रहरी पुगेको र उद्धार कार्य जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अघिकारी प्रवीण आर्चायका अनुसार बस सडकबाट करिब १५० मिटर तल खसेको छ। बसमा यात्रुको संख्या यकिन बइनसकेको प्रहरीको भनाई छ।
तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरु अवलोकन भ्रमणमा हिँडेका थिए। क्षतिको यकिन विवरण आउन बाँकी छ। अप्ठेरो भीर र पानी परेकोले उद्धारमा समस्या भएको प्रहरीको भनाई छ।
डिभाइडरमा ठोक्किएर बस दुर्घटना, १८ यात्रु घाइते
चितवनको रत्ननगरमा गएराति यात्रुबाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् ।
रत्ननगर नगरपालिका–१० स्थित त्रिनेत्र पेट्रोलपम्प अगाडि काठमाडौँबाट विराटनगर जाँदै गरेको ना६ख १३३२ नंको बस डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सो दुर्घटनामा घाइते भएका १८ यात्रुको अहिले कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ । दुर्घटना राति करीब १ बजेको समयमा भएको प्रहरीले जनाएको छ ।
यसअघि यही जेठ ११ गते पनि काठमाडौँबाट राजबिराज जाँदै गरेको ना५ख ४४०१ नंको बस सोही डिभाइडरमा ठोक्किएर पल्टिँदा बसमा सवार छजना यात्रु घाइते भएका थिए ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












