स्पेनका प्रधानमन्त्री विरुद्व अविश्वासको प्रस्ताव दर्ता, सरकार संकटमा
काठमाडौं १८, जेष्ठ । स्पेनका प्रधानमन्त्री मारियान रखायविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अब उनको पद धरापमा परेको छ ।
प्रधानमन्त्री मारियान रखायको पिपुल्स पार्टी भ्रष्टाचार मुद्दामा मुछिएपछि विपक्षी सोशलिस्ट पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।
अविश्वासको प्रस्ताव पास भएमा रखाय पदमुक्त हुनेछन् भने सोशलिस्ट पार्टीका नेता पेद्रो सान्चेजलाई प्रधानमन्त्री बन्ने बाटो खुला हुनेछ ।
अविश्वासको प्रस्तावमा शुक्रबार मतदान हुने बीबीसीले जनाएको छ । प्रस्तावको पक्षमा बहुमतको लागि १७६ भोट चाहिन्छ । रखायसँग पिपुल्स पार्टीसँगै थियोदादानोस र क्षेत्रीय पार्टीहरुको समर्थन छ । यी सबैको भोट जोड्दा १६९ मात्र पुग्ने बताइएको छ ।
त्यसैले विपक्षी सोशलिस्ट पार्टीका नेता सान्चेजले राजीनामा दिन प्रधानमन्त्री रखायलाई आग्रह गरेका छन् । तर पिपुल्स पार्टीका महासचिव सोशलिस्ट पार्टीका महासचिव मारिया डोलोरसले भने प्रधानमन्त्री रखायले राजीनामा नदिने बताएको बीबीसीमा उल्लेख छ ।
Comments
अरु समाचार
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...











