पशुमा भ्यागुते रोगको संक्रमण
खजुरा, बाँके, २० जेष्ठ । डुडुवा गाउँपालिकामा पशु चौपायामा भ्यागुते रोग (घटरुवा) को महामारी फैलिएको छ ।
रोगको संक्रमणले अहिलेसम्म ६ वटा पशुचौपाया मरेका छन् भने करीब ३०० पशु बिरामी परेका छन् । गाउँपालिकाको वडा नं २ बेतहानी र वडा नंं ४ कम्दीका किसानले पालेका पशुमा एक सातादेखि रोगको महामारी देखिएको हो ।
खोप नदिएका बाहिरबाट खरिद गरी ल्याएका पशु तथा रोगी पशु मरेपछि गाउँ नजिकै अव्यवस्थित रुपमा फाल्दा रोगको संक्रमण फैलिएको गाउँपालिकाका पशु चिकित्सक अशोककुमार पाण्डेले बताए । ज्वरो आउने, मुखबाट र्याल बग्ने, घाँटी सुन्निने र घ्यार घ्यार गरी तत्कालै पशु मर्ने गरेका छन् ।
पशुमा फैलिएको रोगको उपचार शुरु गरिएपछि अहिले नियन्त्रणमा आएको छ । भ्यागुते रोगविरुद्ध एक्सेप्ट, डेक्सोना र जिट खोप दिई उपचार तीव्र पारिएको पशु चिकित्सक पाण्डेले बताए । यो सुई पशुलाई ६–६ घण्टामा दिइन्छ ।
गाउँपालिकाले पशुको निःशुल्क उपचार गरिरहेको छ । उपचारका लागि खटिएका छजना पशु स्वास्थ्य प्राविधिकले उपचारसँगै निःशुल्क औषधिसमेत वितरण गर्दै आएकहा छन् । गाउँपालिकाले सञ्चालन अभियानका कारण रोग नियन्त्रणमा आएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












