प्रहरीका पूर्वअधिकारीको क्रोध: समितिको अनुसन्धान त्रुटीपूर्ण,यसरी प्रहरीको मनोबलमा किन खेलिदै छ ?
काठमाडौं २०, जेष्ठ । सुन काण्डका बारेमा विभिन्न तथ्यहरु बाहिर आउने क्रम जारी छ । क्रमिक रुपमा अभियुक्तहरु अदालतसामू आत्मसमर्पण समेत गरिरहेका छन् । तर, यतिबेला प्रहरी उच्च अधिकारीहरु अनुसन्धान समितिमाथि जाइलागेका छन् ।
गायब भएको साढे ३३ किलो सुन र सनम शाक्यको हत्या प्रकरणको छानबिन गर्न गठित समिति र अनुसन्धानबारे तीनजना पूर्व प्रहरी अधिकारीले प्रश्न उठाएका छन् ।
ललितपुरमा आयोजित एक कार्यक्रमा पूर्वएआइजी राजेन्द्रसिँह भण्डारी, डीआइजी हेमन्त मल्ल र रमेश खरेलले समितिको त्रुटि, प्राविधिक कमजोरी लगायतका विषयमा टिप्पणी गरेका हुन ।
अनुसन्धआन समितिमा पूर्वाग्रह देखियो: पूर्वएआइजी भण्डारी
प्रहरीका कतिपय ‘अण्डरकभर’ अनुसन्धान गर्दा लक्ष्यमा पुग्न प्रहरीले अनेक रणनीति बनाउने गरेको भएपनि त्यता समितिको अनुसन्धान नगएको तर्क गरे ।
उनले अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनीलाई पक्राउ गर्न हतारो गरिएको र उनलाई मौका समेत नदिइएको बताए । उनले भने– ‘पक्राउ परेका कसैले पनि लोहनीको नाम लिएको देखिँदैन । संकलन भएका तथ्य र प्रमाणले पनि दिवेशलाई चिनेको छैन । यस्तोमा अवस्थामा हतारो गरियो ।”
अनुसन्धान चित्त बुझ्दो छैन्: पूर्वडीआइजी हेमन्त मल्ल
उनी आफु कयौं अनुसन्धानमा संग्लन रहेको अनुभव सुनाउँदै उनले थपे– “मैले पनि कयौं घटनाको अनुसन्धानको क्रममा बार्गेनिङ गरेको छु, तर यस्तो गर्दा माथिल्लो निकायलाई विश्वासमा लिनुपर्छ ।”
“विशेष जोखिम मोलेर काम गर्ने प्रहरी अधिकारी कतिपय अवस्थामा अलि छाडा, अलि नियम नमान्ने हुन्छन्, यसलाई मेन्टेन गर्नुपर्छ,”मल्लले भने ।
उनले अनुसन्धानमा दखल राख्ने राम्रा प्रहरी अधिकारीको बचाउ संगठनले गर्न नसकेकोमा दुःख व्यक्त गरे ।
अनुभवहिन छानविन समिति: पूर्वडीआइजी रमेश खरेल
छानबिन समितिका संयोजक ईश्वरराज पोखरेललाई नै कुनै अनुभव नभएको भन्दै छानबिन समितिको अनुसन्धान पूर्वाग्रही भएको उखरेलको तर्क छ । प्रहरी अधिकारीलाई फसाउन सहयात्री व्याच र माथिल्लो निकायकै अधिकारी लागेको उनको दाबी छ ।
प्रहरीको चरित्र र अनुसन्धान जोगाउने कि नजोगाउने भन्ने विषय नै गम्भीर बनिसकेको उनको धारणा छ । अनुसन्धान गर्दा अपराधीलाई पनि साथी बनाउनुपर्छ भन्दै उनले भने, “एकचोटी सादा पोसाकमा माथिल्लो अपराधी समात्न म आफैँ ७ किलो चरेश बोकेर गएको छु ।”
खरेलले तत्कालीन आइजीपी प्रकाश अर्याललाई प्रहरी अधिकारीको सबै भूमिकाबारे जानकारी भएको बताउँदै उनले मुख नखोल्नु लज्जास्पद भएको बताए । सरकार र संगठन प्रमुख जिम्मेवार नभए प्रहरी संगठनको चरित्र समाप्त हुने उनी बताउँछन् ।
उनले ‘स्पेशल टाक्स फोर्स’ को माग पनि गरे ।
Comments
अरु समाचार
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...












