विप्लव पार्टीको भारतीय कम्पनीलाई पत्र: भारत बिरोधि जनमत बढ्ने मात्र होइन तपाईंको लगानी समेत डुब्नेछ
काठमाडौं २०, जेष्ठ । विप्लव नेतृत्वको नेकपाल कम्युनिष्ट पार्टीले अरुण—३ परियोजनाबाट हात झिकेर फर्कन भारतीय कम्पनी सतजललाई अनुरोध गरेको छ ।
विप्लव नेतृत्वको पूर्वी कमाण्ड इन्चार्ज अनिल बिरहीले सतलज जलविद्युत् निगम लिमिटेडलाई एक पत्र लेख्दै यस्तो अनुरोध गरेका हुन् ।
पत्रमा अरुण–३ मा हुने भारतीय लगानीले नेपालमा भारत विरोधी जनमत बढ्ने मात्र होइन कम्पनीको ठूलो लगानी नै डुब्ने उल्लेख गरिएको छ ।
बिरहिद्वारा लेखिएको पत्रमा भनिएको छ, ‘अरुण—३ जस्ता आयोजनाहरु आन्तरिक खपतको लागि आन्तरिक पुँजी परिचालित गरेर निर्माण गरिनुपर्छ, त्यसमा सर्वसाधारण स्थानीयले शेयर लगानी गर्न पाउनुपर्छ, त्यसको सव—स्टेशन नेपालमै रहनु पर्दछ, तल्लो तथा माथिल्लो तटीय अधिकार नेपालकै हुनुपर्छ लगायतका देशको हितमा हामीले प्रश्न उठाउँदै आएका छौँ । यो परियोजना नेपाल सरकारले संविधानको धारा २७९ (अन्तरिम संविधानको धारा १५६)लाई छल्दै चोरबाटोबाट नवऔपनिवेशिक शैलीमा भारतीय कम्पनीलाई सुम्पिएको छ । त्यसकारण नेपाल सरकार र यहाँका दलहरुलाई दबाव र प्रभावमा पारेर भारत सरकारमार्फत तपाईहरु नेपालको हित विरोधी काममा संलग्न हुनु दुःखको विषय हो । तसर्थ अरुण—३ परियोजनाबाट हात झिकेर फर्कन हामी तपाईहरुलाई अनुरोध गर्दछौँ । अन्यथा त्यसले नेपालमा भारत विरोधी जनमत बढ्ने मात्र होइन तपाईहरुको ठूलो लगानी डुब्नेछ ।
हेर्नुहोस् पत्र जस्ताको तस्तै:
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












