क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी
ताप्लेजुङ, २१ जेष्ठ । क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी भएपछि जिल्ला कारागार ताप्लेजुङमा समस्या देखिएको छ ।
२५ जनाको क्षमता रहेको कारागारमा अहिले ९१ जना कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएपछि शौचालय, खानेपानी, भान्छा प्रयोगमा समस्या देखिएको छ भने सुत्नलाई समेत समस्या हुने गरेको निमित्त कारागार प्रमुख धनिराम सिंहले बताउनुभयो । कारागारमा छ वटा मात्रै आवास कोठा रहेका छन् । साँघुरो ठाउँमा असहजरुपमा सुत्नुपर्ने बाध्यता रहेको कैदीबन्दीको भनाइ छ ।
यस्तै तीन वटा मात्र चर्पी रहेका छन् भने बाथरुम छैन । कैदीबन्दीको चाप बढेअनुसार खेल मैदान विस्तार नहुँदा खेलकुदमा पनि समस्या भएको छ भने पर्याप्त ठाउँ अभावले कैदीबन्दीलाई उद्योग चलाउनसमेत कठिन रहेको छ ।
यता छुट्टै उपचार कक्ष नहुँदा बिरामी परेका बेला बाहिरै बसेर स्वास्थ्य चेकजाँच गराउनु पर्नेसमेत बाध्यता रहेको छ । कैदीबन्दीको चाप बढ्दै गए पनि सेवा सुविधासहित क्षमता विस्तार नहुँदा लामो समयदेखि समस्या यथावत छ । कारागारको भवनसमेत जीर्ण बन्दै गएकाले कारागार सुरक्षामा चुनौती थपिएको बताइएको छ ।
Comments
अरु समाचार
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...












