सुनसरीमा जंगली हात्तीको आतंक
इनरुवा सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आतंक बढेको छ । केही दिनयता कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने जंगली हात्तीले स्थानीयवासीको घरबालीमा क्षति पु¥याउने गरी आतंक मच्चाउन थालेको स्थानीयवासी चन्दन मगरदैताले जानकारी दिए ।
रातिको समयमा दैनिकजसो कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आतंक मच्चाउन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । गएराति मात्र जंगली हात्तीको आक्रमणबाट एकजना घाइते भएका छन् भने दर्जनौँ घर हात्तीले भत्काइदिएको छ । जंगली हात्तीले सर्वसाधारण नागरिकको घर भत्काइदिएको छ भने बालीसमेत खाई कुल्ची नष्ट गरेको बताइएको छ ।
हात्तीको आक्रमणबाट सलदेव मगरदैता गम्भीर घाइते भएका छन् । घाइते मगरदैताको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । मगरदैत्ताको अवस्था चिन्ताजनक रहेको बताइएको छ । हात्तीले स्थानीयवासी गोनर भुसकुलिया, रामचन्द्र मुखिया, सतेन्द्र मुखिया लगायतका घरमा क्षति पु¥याएको छ भने केही स्थानीयवासीको तरकारी बालीमा नोक्सानी गरेको छ । रासस
कोशी टप्पु वन्यजन्तु आरक्षको अर्ना र हात्तीको आतंकबाट बर्षेनि लाखौँको धनमाल र बालीमा क्षति भइरहेको छ भने चारदेखि सातजना व्यक्तिको ज्यान जाने गरेको कोशी टप्पु मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादवले जानकारी दिए ।
अध्यक्ष यादवका अनुसार कोशी टप्पुमा प्रत्येक वर्ष जंगली जनावरको आक्रमणबाट बालीनाली, घर सहितको भौतिक संरचना र मानवीय क्षति भइरहेको छ । कोशी टप्पुको क्षेत्रमा पर्ने कोशी गाउँपालिकाको पश्चिम कुशाहा, लौकही, श्रीपुर, हरिपुर र भाण्टाबारी तथा बराहा क्षेत्र नगरपालिकाको मधुवन, प्रकाशपुर र महेन्द्रनगर क्षेत्रमा समेत जंगली हात्ती, अर्ना र बँदेलको आतंक रहेको स्थानीयवासीले बताएका छन् ।
जंगली जनावरको आतंक र आक्रमणबाट कोशी क्षेत्रका अधिकांश स्थानीयवासी राति जाग्राम बस्न बाध्य रहेको मधुवनका बिएल चौधरीले बताए ।
यस क्षेत्रमा ४ वर्षअगाडि लगाइएको सोलार फेन्स ९विद्युतीय बार० ले समेत काम गर्न छोडेपछि जंगली जनावरको आतंक तीव्ररुपमा बढेको स्थानीयवासी कलिम मियाँले बताए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












