कोशी गाउँपालिकामा चारसय चल्लाको मृत्यु, बर्डफ्लुको आशंका
इनरुवा- सुनसरीको कोशी गाउँपालिका–६ मा एक कुखुरापालक किसानका ४०० चल्ला मरेका छन् ।
स्थानीयवासी उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक चल्लाको मृत्यु भएको स्थानीय प्राविधिक पप्पु पाठकले जानकारी दिनुभयो । यादवले कैलाशपति ह्याचरी चितवनबाट ल्याएको चल्ला मधुवनका वासु श्रेष्ठसँग खरीद गरेका थिए ।
यहाँ ४०० चल्ला एकैचोटी मरेकाले स्थानीयवासी र पशु प्राविधिकले बर्डफ्लुको आशंका गरेका छन् । चितवनमा बर्डफ्लु फैलिएका कारण त्यहाँबाट चल्ला ल्याएकाले चल्लामा बर्डफ्लुु हुन सक्ने स्थानीय पशु प्राविधिक पाठकले आशंका गरेका छन् ।
पाठकले किसान यादवले प्रतिगोटा रु ४५ का दरले करीब रु १८ हजारको चल्ला ल्याएको र १२ घण्टा नहँुदै एक्कासि चल्लाको मृत्यु भएकाले स्थानीयवासी सशंकित भएका छन् । केहीले एकाएक यति ठूलो संख्यामा चल्लाको ज्यान जानुलाई बर्डफ्लुको नै लक्षण भएको आशंका गरेका छन् । आशंका भएका कारण आवश्यक चेकजाँच तथा परीक्षण गर्नका लागि जिल्ला पशुसेवा कार्यालयलाई समेत आग्रह गरेको पीडित किसानलाई उद्धृत गर्दै प्राविधिक पाठकले बताए ।
यता किसानको चल्ला एक्कासि मरेपछि किसान चिन्तित भएका छन् । किसानले आफूले ल्याएको चल्ला एक्कासि मरेपछि बिक्रेतासँग क्षतिपूर्तिको मागसमेत गरेका छन् । यता कैलाशपति ह्याचरी चितवनका पूर्वाञ्चल प्रमुख अनिल बस्नेतले आफूले मधुवनका वासु श्रेष्ठलाई चल्ला दिएको र यो विषयमा घटनास्थलमा पुगेपछि मात्र केही भन्न सकिने बताए ।
त्यस्तै, जिल्ला पशुसेवा कार्यालय, सुनसरीका प्रमुख शिवनाथ महतोले आफूलाई सो विषयमा जानकारी नआएको प्रतिक्रिया दिए । प्रमुख महतोले जिल्लाका किसानलाई चितवनमा बर्डफ्लु फैलिएका कारण त्यहाँबाट पक्षी तथा पक्षीजन्य पदार्थ ल्याउन कडाइ गरेकोे भए पनि किसानले आफूखुशी गरेकाले त्यसो हुन गएको बताए ।
महतोले किन त्यहाँबाट चल्ला ल्याउन हतार गरेको हो आफूलाई थाहा नभएको र बर्डफ्लुको आशंका भए त्यसको सुली र मृत चल्ला परीक्षणका लागि विराटनगरस्थित प्रयोगशालामा लानका लागि सुझाव दिएका छन् ।
देशका विभिन्न भागमा बर्डफ्लुको जोखिम तथा प्रभावित भएको प्रतिक्रिया दिनुहँुदै किसानले नै त्यस्तो जोखिम मोलेर चल्ला ल्याएकाले सो घटना हुन गएको बताए । रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












