सुर्खेतमा प्रदेश स्तरको विमानस्थल बन्ने, ‘मदानेचौर’ उचित ठाउँ
यसअघि साबिकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने योजनासहित करीब एक दशक अघिदेखि सुर्खेतमा अध्ययन थालिएको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थलका लागि सुर्खेतका उत्तरगंगा, रामघाट र मदानेचौर गरी तीन ठाउँमा सम्भाव्यता अध्ययन गरिएको थियो । तीमध्ये हालको भेरीगंगा नगरपालिकामा पर्ने ‘मदानेचौर’ विमानस्थलका लागि उचित ठानिएको थियो ।
उक्त विमानस्थल निर्माणका लागि अध्ययन गरिरहेको नागरिक उड्डयन प्राधिकरणले लागत बढी लाग्ने भएकाले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पछि हट्नु परेको जनाएको छ ।
प्रादेशिक स्तरको विमानस्थल बनाउन पनि कम्तीमा रु १० अर्ब खर्च लाग्ने प्राधिकरणले जनाएको छ । अब बन्ने भनिएको प्रादेशिक स्तरको विमानस्थलमा दुई हजार ६०० मिटरसम्म रन–वे बनाउन सकिने सम्भावना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए ।
विमानस्थल निर्माणका लागि काम शुरु भएमा आगामी पाँच वर्षभित्र नै सम्पन्न भइसक्ने उनले बताए ।
उक्त विमानस्थल निर्माणको विषय अहिलेको संघीय बजेटमा समावेश गरिएको छैन । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले बजेटमा उक्त विमानस्थल नसमेटिए पनि प्राधिकरणले बनाउने बजेटमा समावेश गरिने आश्वासन दिए ।
पर्यटनका हिसाबले कर्णाली प्रदेशलाई पहिलो प्राथमिकतामा राखिएको भन्दै उनले यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सरकार लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।
Comments
अरु समाचार
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...











