रु पचास हजार छात्रवृत्ति वितरण
पोखरा, २४ जेठ । पोखरा लेखनाथ महानगरपालिका–७ महतगौडास्थित जानकी आधारभूत विद्यालयमा बुधबार आयोजित एक समारोहकाबीच रु ४९ हजार ६०० बराबरको छात्रवृत्ति वितरण गरिएको छ ।
नेपाल सरकारद्वारा सरकारी विद्यालयमा अध्ययन गर्ने दलित छात्रछात्राका लागि रु ४०० र अन्य विद्यार्थीका लागि ५० प्रतिशत अर्थात रु २०० का दरले कूल १२४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको व्यवस्थापन समितिका अध्यक्ष टीकाराम भण्डारीले जानकारी दिए ।
पोखरा लेखनाथ महानगरपालिका–१७ द्वारा प्राविधिक शिक्षाका लागि वडाध्यक्ष तीर्थ अधिकारीले सोही कार्यक्रममा विद्यालयलाई एक थान कम्प्यूटर हस्तान्तरण गरेका थिए । कार्यक्रममा उनले विद्यालयका छात्रछात्रालाई छात्रवृत्ति वितरण गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न समाजका सबै तह र तप्काबाट जिम्मेवार भएर लाग्नु अपरिहार्य भएको बताए
विद्यार्थीको मनोबल उच्च राख्नका लागि शिक्षकहरुले आफनै तर्फबाट रु २३ हजार खर्चेर अंग्रेजी माध्यमबाट पढाइ शुरु भएको तथा कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई टाइ र बेल्टको समेत व्यवस्था गरेको शिक्षक तुलसी गिरीले जानकारी दिए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












