तीन वर्षमा बाढीपीडितमुक्त बनाइने
गुलरिया, बर्दिया, २३ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बबई नदीको जब्दीघाटको पुल तत्काल निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यहाँ आज गरिएको अनुगमनका क्रममा उनले भौतिक तथा पूर्वाधार मन्त्रालयसँगको समन्वयमा पुल निर्माण अघि बढाइने बताए । उनले बबई सिँचाइ आयोजनाको नहर निर्माण तीव्र गतिमा भएकामा सन्तोष व्यत्त गर्दै पूर्व र पश्चिम गरी निर्माणाधीन ४३ किलोमिटर नहरले अन्न उत्पादनमा व्यापक बढोत्तरी ल्याउने बताए। मन्त्री पुनले भेरी बबई डाइभर्सन सम्पन्न भएपछि बर्र्दियाको ८० प्रतिशत जमीनमा सिँचाइ सुविधा पुग्ने जिकिर गरे ।
अनुगमनका क्रममा उनले बबई–भादा औरही नदी व्यवस्थापन आयोजनाले २१ ठेक्कामा २७ आयोजना रु तीन अर्ब ९२ करोड लागतमा काम गरिरहेकामा सन्तोष व्यक्त गरे । बबई नदीले गर्ने कटान र डुबान नियन्त्रणका लागि शुरु गरिएको तटबन्धनले तीव्रता पाएको छ । दीर्घकालीन रुपमा बबई नियन्त्रण नहुँदा वर्षेनी बस्तीमा नदी पसी जनताले दुःख भएको हुँदा गुरुयोजनानुसार नदी नियन्त्रण गर्न बजेट छुट्याइने र तीन वर्षमा बर्दियालाई बाढीपीडितमुक्त बनाइने उनले बताए ।
Comments
अरु समाचार
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...












