अज्ञात समूहले गर्याे महिला उम्मेदवार अपहरण
तालुकान, २३ जेठ । अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा जिल्ला परिषद् निर्वाचनमा महिलातर्फबाट उम्मेदवार बनेकी एक सदस्यलाई अज्ञात सशस्त्र एक समूहले अपहरण गरेको छ ।
प्रान्तीय सरकारका प्रवक्ता सुनातुल्लाह टिमुरीले बुधबार सो जानकारी दिएका छन् ।
दर्काद जिल्लाको जिल्ला परिषद्का महिला उम्मेदवार फजिलालाई प्रान्तीय राजधानी तालुकान शहरमा अपहरण गरिएको बताइएको छ ।
मङ्गलबार अपराह्नमा सरकारको विरोधमा लागेका आतङ्ककारी समूहले फजिला र उनका भाइ चढेको एक कारलाई अपहरण गरी अज्ञात स्थलमा लगिएको बताइएको छ ।यस अपहरणमा कुन समूहको हात छ भन्ने बारेमा भने प्रष्ट भएको छैन । तर सरकारी अधिकारीहरुले भने तालिबान आतङ्ककारी समूहले यो अपहरण गरेको दाबी गरेका छन् ।
महिला उम्मेदवार फजिला र उनका भाइलाई सुरक्षित अपहरण मुक्त गराउने प्रयास जारी रहेको पनि प्रवक्ता टिमुरीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । दर्काद जिल्लामा नियन्त्रण जमाएर बसेका तालिबान आतङ्ककारी समूहले भने यस बिषयमा केही टिप्पणी गरेका छैनन् ।
अफगान वोलेसी जिर्गा अर्थात संसदको तल्लो सदन र जिल्ला परिषद्को निर्वाचन आगामी अक्टोबर २० मा हुने तय भएको छ । यस निर्वाचनका लागि गत अप्रिलबाट मतदाताको नामावली दर्ता हुन शुरु भएको थियो । मतदाता नामावली दर्ता केन्द्रमा पनि एक दर्जनभन्दा बढी आतङ्ककारी आक्रमण भइसकेका छन् । रासस÷सिन्ह्वा
Comments
अरु समाचार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...
-
‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’
ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...











