थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेका चारै दललाई सकस, निर्वाचन आयोगले दियो तीन महिने अल्टिमेटम
काठमाडौं २४, जेष्ठ । संघीय संसदमा थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरेका कुनै पनि दलले आफ्नो केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराएका छैनन् ।
निर्वाचन आयोगले नेकपा दर्तासँगै सबै दललाई राजनीतिक दल सम्बन्धी कानुन बमोजिम ३ महिनाभित्र केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन निर्देशन दिएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन २०७४ को दफा १५ को उपदफा ४ ले राजनीतिक दलको प्रत्येक तहमा कम्तिमा एक तिहाई महिला प्रतिनिधित्व अनिवार्य गरेको छ । सोही ऐन बमोजिम आयोगमा दर्ता भएका कुनै पनि दलले एक तिहाई महिलाको प्रतिनिधित्व गराएका छैनन् ।
नेकपाको विधान र कार्यविधि पारित गर्ने तयारी समेत रहेको छ । निर्वाचन आयोगले तीन महिना भित्र महिलाको सहभागीता ३३ प्रतिशत पु¥याउन समेत निर्देशन दिएपछि नेकपा विधान संशोधनमा जुटेको छ । आयोगले दिएको निर्देशनलाई ध्यान दिँदै विधानमा सामान्य परिमार्जन गर्न लागिएको नेकपाका एक नेताले जानकारी दिए । केन्दीय कमिटीको पहिलो बैठकले पार्टीको विधान र राजनीतिक प्रतिवेदन सम्पादनसहित प्रकाशनको जिम्मा दुई अध्यक्षलाई दिएको थियो ।
विधानलाई परिभाषित गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको नियमावली मस्यौदा समितिले आफ्नो प्रस्ताव तयार पारेको छ । विधानमा उल्लेखित कतिपय विषय अपूरो भएको र कतिपय थप्नुपर्ने भएकाले नेताहरुबीच थप छलफल गर्ने बताइएको छ ।
कुन दलमा कति महिला छन् ?
मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टीको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा ७५ जनामात्र महिला छन् ।
यो भनेको भनेको १७ दशमलब ६८ प्रतिशत हो ।
दोस्रो ठूलो दल नेपाली कांग्रेसको हालत पनि उस्तै छ । कांग्रेसको ७५ सदस्यीय केन्द्रीय कार्य समितिमा महिलाको संख्या १६ मात्र छ । भनेको २१ दशमलब ३३ प्रतिशत हो । कांग्रेसको महाधिवेशन ३ वर्षपछिमात्र हुने भनेर सभापति शेरवहादुर देउवाले भनिसकेको अवस्थामा ३३ प्रतिशत महिला सहभागिता गराउन मनोनित गर्नुपर्ने हुन्छ ।
कांग्रेसको बिधान अनुसार केन्द्रीय कार्य समितिमा पदेन सदस्य बाहेक बढीमा ८५ जनामात्र रहने व्यवस्था छ । यदि महाधिवेशनअघि नै एक तिहाई महिला सहभागिता गराउनुपरेमा अब बाँकी रहेको १० सदस्यमा सबै महिला मनोनित गरे पनि ३३ प्रतिशत पुग्दैन ।
संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय कार्य समिति नै भद्रगोल छ । ६ वटा पार्टी मिलेर एकीकरण हुँदा पेश गरिएको ८१५ सदस्यीय केन्द्रीय कार्य समितिमा महिलाको संख्या १२९ मात्र छ । यो भनेको १५ दशमलब ८२ प्रतिशतमात्र हो ।
तीमध्ये पनि केन्द्रीय कोषाध्यक्ष अनिता यादव लगायतका कतिपय महिला नेताले पार्टी छाडिसकेका छन् । यादव तत्कालिन एमालेमा प्रवेश गरेर प्रदेशसभा सदस्य भइसकेकी छन् ।
संसदको चौथो ठूलो दल संघीय समाजवादी फोरम महिला सहभागिता गराउन अन्य तीन दलभन्दा थप अनुदार देखिएको छ ।
फोरमको २६८ सदस्यीय केन्द्रीय कार्य समितिमा महिलाको संख्या २८ छ । जुन १० दशमलब ४४ प्रतिशत हो ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












