एक महिनामा ४२ सम्बन्ध विच्छेदका मुद्दा
खजुरा, बाँके, २४ जेष्ठ । बाँके जिल्लामा सम्बन्धविच्छेदका मुद्दा अनपेक्षित रुपमा बढेको छ । वैशाखमा मात्रै ४२ वटा मुद्दा दर्ता भएको छ ।
नयाँ आर्थिक वर्षको जेठ २२ गते सम्ममा ४७ थान सम्बन्धविच्छेदका मुद्दा दायर भएको बाँके जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले बताए । उनका अनुसार सानोतिनो कुरामा पनि मनमुटाव हुने, उमेर नपुग्दै विवाह गर्ने, विवाहलाई घरपरिवारले स्वीकार नगर्ने, छोटो समयकै चिनजानले प्रेम विवाह गर्नेहरुले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउने गरेका छन् ।
लागुऔषधमा फसेको कुरा विवाहपछि थाहा पाएकाहरुले पनि छिट्टै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने गरेको अदालतले जनाएको छ । प्रायः उमेर १६ देखि २२ वर्षसम्मका महिलाले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउने गरेका छन् । गिरीले भने, “एक डेढ वर्षका दुधे बालक बोकेर समेत सम्बन्धविच्छेद गर्न आउँछन् र कतिपयले त मुद्दा दर्ता गरेको तीन–चार दिनमै सम्बन्धविच्छेद हुने गरी मिलापत्र गर्छन् ।”
बाँके जिल्ला अदालतमा हालसम्म दुई हजार ४२६ थान मुद्दा विचाराधीन रहेका छन् । दुनियावादी देवानी एक हजार ४१३, सरकारवादी देवानी एक, दुनियावादी फौजदारी ६२६, सरकारवादी फौजदारी ३६८ र पुनरावेदीय क्षेत्राधिकारअन्तर्गत दर्ता भएका १६ र निषेधाज्ञा दुई रहेको सो अदालतका सूचना अधिकारी धनसिंह गिरीले बताए ।
विचाराधीन मुद्दामध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदको मुद्दा रहेको छ भने त्यसपछि लेनदेन, लागुऔषध, जबर्जस्ती करणी चोरी, अंशलगायतका मुद्दा रहेका छन् ।
यसैगरी, बाँके जिल्ला अदालतले भारी मात्रामा कैद र जरिवाना उठाउन बाँकी रहेको छ । दुई हजार ७३५ वर्ष १० महिना र ११ दिन कैद उठ्न बाँकी रहेको छ ।
यस्तै, रु तीन करोड ५६ लाख ८० हजार ३३१ उठ्न बाँकी रहेको छ । प्रतिवादी फेला नपर्ने, भारतसँगको खुल्ला सिमाना, तिर्न बुझाउन र कैदमा बस्नुपर्ने व्यक्ति विदेश पलायन भएका कारण कैद जरिवाना उठाउनमा समस्या रहेको अदालतका तहसिलदार नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार फैसला कार्यान्वयनतर्फ ७३१ मध्ये ४४६ फछ्र्यौट भएको छ भने २८५ थान मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ । जसमध्ये बिगो भराउने १४५, बण्डा छुट्याउने ७३, चलन चलाउने ५१ र अन्य १६ रहेका छन् ।
यस्तै, बाँके जिल्ला अदालतले तिर्न बुझाउन बाँकी रहेको कैद, जरिवाना, सरकारी बिगो साउन मसान्तसम्म बुझाउन आएमा छुट हुने जनाएको छ । फैसला कार्यान्वयन निर्देशनालय बबरमहल काठमाडाँैले गरेको पत्राअनुसार सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १३५ को खण्ड (क), (ख) र (ग) बमोजिम कायम भएको कैद जरिवाना र सरकारी बिगो सूचना प्रकाशित भएको मितिले २०७५ साउन मसान्तसम्म छुट पाइने अदालतका तहसिलदार शाखा अधिकृत सापकोटाले राससलाई बताए ।
बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश विष्णु सुवेदीले न्याय सम्पादनको कार्यलाई छिटोछरिटो र प्रभावकारी बनाउन दृढतापूर्वक लागेको बताए । उनले न्यायाधीशको सरुवा, तीनवटा स्थानीय तहको निर्वाचनका कारण यस बर्ष मुद्धा फैसला हुनमा केहि ढिलाई भएको भन्दै अव कामले गति लिएको बताए ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











