केन्या विमान दुर्घटनामा १० जनाको मृत्यु
नैरोबी, २४ जेठ,। केन्याको मध्य क्षेत्रमा हराएको एउटा सानो विमान दुर्घटना भएको र यसमा रहेका सवै जनाको मृत्यु भएको बिहीबार पुष्टी गरिएको छ ।
विमान हराएको दुई दिनपछि विमान संचालक संस्था र सरकारी अधिकारीहरूले बिहीबार उनीहरुको मृत्यु भएको पुष्टि गरेका हुन् ।
“दुर्भाग्यवस हामीलाई उनीहरू कोही पनि जीवित नरहेको विवरण आएको छ, दिवंगत भएका यात्रुहरूको परिवारजनप्रति हामी अत्यन्त गहिरो समवेदना व्यक्त गर्दछौं,” यातायात मन्त्रालयका प्रमुख सचिव पौल मारिङगाले भने ।
हराइरहेकाहरूको खोजी गर्न तथा घटनाका बारेमा अनुसन्धान गर्न एउटा टोली घटनास्थल तर्फ गएको थियो ।
दुर्घटनामा परेको व्यक्तिहरूका आफन्त भेला भएको वेस्टन होटलमा फ्लाई साक्सका अध्यक्ष कार्लेस वाकोले पत्रकारहरूलाई भन्नुभयो, “दुर्घटनामा परेको कोही पनि जीवित हुनुहन्न भन्ने खबरबाट हामी अत्यन्त विक्षिप्त भएका छौं ।”
दुर्घटनामा परेको विमान इष्ट अफ्रिकन सफारी एयर एक्सप्रेसको हो । जुन विमान गत मङ्गलबार मध्यान्ह पश्चिमी सहर कितालेबाट उडेको थियो ।
विमान उडेको झण्डै ८० मिनेटपछि सम्पर्क विहीन भएको संचालक कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दुर्घटनामा मृत्यु भएका यात्रुको आफन्तजनप्रति राष्ट्रपति उहुरु केन्याटाले पनि समवेदना व्यक्त गरेका छन् । उनले दुर्घटनामा मृत्यु भएका यात्रुका आफन्तजनलाई आगामी दिनमा प्रशासनले सक्दो सहयोग गर्ने आश्वासन पनि दिनुभएको छ । रासस÷एएफपी
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












