एआइजीको दरबन्दीमा व्यापक कटौती, प्रहरीमा पाँच र सशस्त्रमा दुई दरबन्दी सिफारिस
काठमाडाैं २५, जेष्ठ । गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी र सशस्त्र प्रहरी बलमा एआइजीको दरबन्दीमा व्यापक हेरफेर गर्ने गरि दरबन्दी कोटा सिफारिस गरेको छ ।
प्रहरीमा पाँच जनाको दरबन्दी सिफारिस गरेको छ भने, सशस्त्र प्रहरी बलमा एआइजीको दरबन्दी दुईमात्र सिफारिस भएको छ।
दुबै प्रहरीमा दबरन्दी कटाैति भने असामान्य ढंगले कटाैति भएको छ । नेपाल प्रहरीमा प्राविधिकसहित १६ दरबन्दी रहेकोमा घटाएर ५ जनामात्र कायम गर्न सिफारिस भएको छ। यस्तै, सशस्त्रमा ११ दरबन्दी रहेकोमा अब २ जनामात्र सिफारिस भएको छ।
गृह मन्त्रालयले संघीय प्रहरी ऐनमा प्राविधिकसहित गरेर पाँच जनाको दरबन्दी मन्त्रिपरिषद् बैठकमा सिफारिस गरेको हो।
एआइजी पदमा दरबन्दी कति राख्ने भन्ने निश्चित नहुँदा बढुवा अन्योलमा परेको थियो।
गत चैत २८ गते भएका एआइजीहरुले सेवा अवधिका आधारमा अवकास पाएरपछि अहिले एआइजीको पद रिक्त छ। नेपाल प्रहरीमा अहिले प्राविधकतर्फ एकजना मात्र एआइजी छन्।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले १६ जनासम्म एआइजी बनाएको थियो। तत्कालीन सरकारले सातवटै प्रदेशमा एआइजीलाई प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिएको थियो। अहिले भने प्रदेशमा डिआइजी प्रमुख बनाइएको छ।
Comments
अरु समाचार
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...











