कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित हटाइइयो, हटाउदा कहाँ-कहाँ पर्छ असर ?
काठमाडौं २५, जेष्ठ । कक्षा ११ र १२ बाट गणित हटाइएको छ । गणित विषय हटाइएपछि यसको विरोध चारैतिर भइरहेको छ ।
गणित विषयले अंकसंग मात्र खेल्ने नभइ तार्किक क्षमतामा समेत वृद्वि गर्ने भएकाले विषय पाठ्यक्रमबाट हटाउदा अन्य विषयलाई समेत नकारात्म असर पर्ने तर्कहरु छताछुल्ल बएका छन् ।
विश्वका थुप्रै देशमा माध्यमिक तहमा गणित विषयलाई उच्च प्राथमिकता दिएर पढाउने गर्दछन् । विदेश पढ्न जानुपर्यो भने जीआरई, जीम्याट, स्याट उत्तीर्ण गर्नुपर्छ जसमा गणितसमेत परीक्षा दिनुपर्छ । लोकसेवा आयोगमा समेत गणितको ज्ञान अनिवार्य छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले कक्षा ११ र १२ मा सबै समूहका विद्यार्थीहरुले अध्ययन गर्न पाउने गरी प्रस्ताव गरिएको प्रायोगिक गणित विषय हटाउने प्रस्तावसहितको मस्यौदा तयार पारेको छ । सो मस्यौदामा यसअघिको अनिवार्य गणितलाई ऐच्छिक बनाइएको छ । वायोलोजी र गणितलाई एउटै समूहभित्र राखेर कुनै एउटामात्र रोज्न पाउने व्यस्था गरिएको छ । गणित र बायोलाजी दुवै पढ्न चाहने विद्यार्थीहरुले एउटामात्र विषय रोज्नुपर्ने छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय गणित विभागका प्रमुख प्रा. डा. केदारनाथ उप्रेतीले विश्वमा गणितलाई महत्व दिइए पनि नेपालमा नदिइनु दुर्भाग्य भएको बताए । उनले भने, ‘गणित विज्ञान तथा प्रविधिको आधार स्तम्भ र मेरुदण्ड हो । तर हाम्रो देशमा त्यसलाई बिगारेर कसरी समृद्धि हासिल गर्ने ?’
गणित समाजका अध्यक्ष प्रा. डा. टंकनाथ धमलाले यसबाट कक्षा ११ र १२ करिब पाँच लाख विद्यार्थीहरुलाई ठूलो अन्याय हुने र विज्ञान तथा प्रविधिको विकासमा आघात पुग्ने बताए । उनका अनुसार गणित विषय अनिवार्य नगरिँदा दक्ष जनशक्ति उत्पादनमा वाधा पुग्ने छ ।
कहाँ-कहाँ पर्छ असर ?
नेपाल गणित समाजका केन्द्रीय सदस्य जिवन काफ्लेका अनुसार त्रिभुवन विश्वविद्यालयका कृषि तथा वन विज्ञान, कम्प्युटर विज्ञान जस्ता विषयहरुमा प्रवेश पाउन कम्तिमा क्रमशः ५० र १०० पूर्णाङ्कको गणित अनिवार्य रुपमा पास गरेको हुनु पर्दछ । कृषि तथा वन विज्ञान कार्यक्रममा भर्ना हुन आउने विद्यार्थी नै जीव विज्ञान (बायोलोजी) समुहका हुन्छन् ।
पोखरा, काठमाडौं, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयहरुमा इन्जिनियरिङ तथा सूचना प्रविधि कार्यक्रमहरुमा प्रवेश पाउन कम्तिमा १०० पूर्णाङ्कको गणित उत्तीर्ण गरेको हुनुपर्ने प्रस्ट व्यवस्था छ । यो व्यवस्थाले गर्दा जीव विज्ञान समूहका विद्यार्थीहरुले उक्त विश्वविद्यालयहरुमा माथि उल्लेखित कार्यक्रमहरु अध्ययन गर्न पाउने छैनन् ।
साथै व्यवस्थापन विषय समूहका विद्यार्थीहरुले अर्थशास्त्र र वाणिज्य गणित मध्ये एकमात्र रोज्नु पर्ने बाध्यता छ । यी दुवै विषय उक्त समूहका विद्यार्थीहरुका लागि नभै हुँदैन ।
यसैगरी त्रिभुवन विश्वविद्यालयको बीएससी (सीएसआईटी) मा प्रवेश पाउने ५० प्र्रतिशत भन्दा बढी विद्यार्थीहरु जीव विज्ञान अन्तर्गत १०० पूर्णाङ्कको गणित पढेको हुनेमा पाठ्यक्रमको यो व्यवस्थाले उक्त समूहका विद्यार्थीहरु भविष्यमा यो कार्यक्रमको लागि अयोग्य हुनेछन् ।
त्यसैले पाठ्यक्रमको यो व्यवस्था हटाउनु पर्ने त्रिभुवन विश्वविद्यालय कम्प्युटर विज्ञान केन्द्रीय विभागका प्रमुख नवराज पौडेलले बताए ।
विगतमा सबै विज्ञानका विद्यार्थीहरुले १०० पूर्णाङ्कको गणित अनिवार्य पढ्ने व्यवस्था रहेकोमा सो हटाउँदा आधारभूत विज्ञानको जग नै खलबलिने नेपाल भौतिक समाजका सहसचिव इन्द्र भण्डारीको भनाइ छ ।
उनले भने, ‘भौतिक विज्ञान विषय पढ्ने तर सो विषय पढ्न आधारभूत रुपमा ज्ञान हुनु पर्ने गणित भने पढ्न नपाउने व्यवस्थाले गणित विनाको भौतिकशास्त्र कसरी पढाउने हो गम्भीर समस्या आउने प्रस्ट छ ।’
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












