होटल सञ्चालक र मजदूरबीच सम्झौता
काठमाडौँ २५, जेष्ठ । डेढ वर्षदेखि विवादित सेवा शुल्क वितरण सम्बन्धमा होटल रेष्टुराँ सञ्चालक र मजदूरबीच आज १९ बुँदे सम्झौता भएको छ ।
होटल सञ्चालक र कार्यरत मजदूरबीच सेवा शुल्क वितरण सम्बन्धमा भएको उक्त विवाद दुबै पक्षबीचको सम्झौतापछि टुङ्गिएको हो ।
नयाँ सम्झौता अनुसार कूल सेवा शुल्कको ७२ प्रतिशत हिस्सा मजदूरलाई उपलब्ध गराइने छ । सन् २००६ डिसेम्बरदेखि होटल तथा रेष्टुराँमा मजदूरलाई उपलब्ध गराउने गरी सेवा शुल्क लगाएको थियो ।
उक्त व्यवस्था अनुसार मजदूरले कूल सेवा शुल्कको ७० प्रतिशत र २६ प्रतिशत होटल सञ्चालकले लिँदै आएका थिए । तर, सेवा शुल्कबापत मजदूरले आउने हिस्सा बढाउन माग गरेको र सञ्चालकले उठेको रकम पनि मजदूरलाई दिन आनाकानी गरेपछि सो विषयमा विवाद बढेको थियो ।
नयाँ सम्झौताअनुसार २३ प्रतिशत रकम सम्बन्धित होटल प्रतिष्ठानले मर्मत तथा सीप विकासका लागि राख्न पाउने छन् । यसैगरी दुई प्रतिशत रकम होटल संघ र रेबानले पाउने छन् भने उक्त सम्झौतामा हस्ताक्षर गरेका तीन वटा होटल रेस्टुराँ सम्बन्धी मजदूर युनियनले एक एक प्रतिशत रकम पाउनेछन् ।
यसअघि सबै ग्रेडिङलाई वार्षिक रुपमा तलबमा जोडेर तलब वृद्धि गर्दै आएकोमा अबका दिन कूल तलबको पाँच प्रतिशत रकम मात्र वार्षिक रुपमा वृद्धि हुनेछ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












