गाउँमा पहिलो पटक जीप पुगेपछि चालक सम्मानित
रामपुर, पाल्पा, २७ जेठ। माथागढी गाउँपालिका–२ को बोक्सादीमा पहिलो पटक जीप पुगेपछि स्थानीयवासीमा खुशियाली छाएको छ । शनिबार गाउँमा पहिलो पटक जीप पुगेपछि उत्साह र खुशियालीका साथ जीप हेर्नेको ठूलो भीड थियो ।
पन्ध्र वर्षअघि कसेनीसम्म मात्र सडक सञ्जालले जोडिएको भए पनि साबिकको वडा ९ दमार र बोक्सादीका स्थानीयवासीले सडक सुविधाको अनुभूति गर्न पाएका थिएनन् । सडक सञ्जालले जोडिएको हेर्ने सपना बोकेका स्थानीयवासीको सपना भने अब पूरा भएको छ । गाउँमा गाडी गुडेको हेर्ने सपना बोकेका बोक्सादीवासीको सपना अहिले घर आँगनमा पहिलो पटक जीप पुगेपछि पूरा भएको दिमाया सारु बताउछन् । “गाउँमा सडक आउँला भन्ने आशा थिएन तर अहिले सडक खुलेसँगै घरआँगनमै सवारी साधन गुड्न थाल्यो”, सारुले भने ।
शनिबार गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराई र वडा नं २ का अध्यक्ष जनक रिजेलको नेतृत्वमा गाउँमा पहिलो पटक जीप ल्याउने चालक तिलक रिजेललाई स्थानीयवासीले स्वागतसहित सम्मान गरेका छन् । गाउँपालिकाको रु दश लाख सहयोग र दुई लाख बराबरको श्रमदानबाट निर्माण भएको सडक गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले उद्घाटन गरे । गाउँमा स्थानीय सरकार आएपछि साँच्चिकै जनअपेक्षा अनुरुपमा काम गर्ने जनप्रतिनिधि पाएको मीना सारु बताउछन्।
नियमित सवारीका साधनहरु सञ्चालन हुने भएसँगै उनीहरुले अब भने सुगमको महसुश गरेका छन् । दैनिक रुपमा सवारीसाधन सञ्चालनमा ल्याएसँगै अब त्यहाँ स्थानीय बजारमा उत्पादन भएका खाद्यवस्तुहरु बजारसम्म पु¥याउन सहज भएको छ । गाउँमा उत्पादन हुने खाद्यवस्तुहरु बजारसम्म पु¥याउने यातायातको सुविधा नहुँदा समस्या भोग्दै आएका स्थानीयवासी दैनिक रुपमा गाडी सञ्चालनमा आउने भएपछि त्यहाँका कृषक एवं व्यवसायी हर्षित भएका छन् ।
Comments
अरु समाचार
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...












