जी–७ को साझा दस्तावेजमा ट्रम्प पछि हटे
एजेन्सी- जी–सेभेन सम्मेलनबाट जारी साझा दस्तावेजमा आफूले अनुमोदन गरेका विषयबाट अमेरिकी राष्टपति डोनाल्ड ट्रम्प पछि हटेका छन्। ट्रम्पले क्यानडाले बेइमान गरेको आरोपसमेत लगाएका छन् ।
ट्रम्पले अरु देशहरुले अमेरिकामाथि भारी शुल्क लगाएर लुटिरहेको बताए । जी सेभेनको बैठकबाट बाहिरिँदै उनले भने, ‘अमेरिका एक पिगी बैंक जस्तो हो, जसलाई सबैले लुटिरहेका छन् ।’
अमेरिकाको तर्फबाट आल्मुनियम र स्टिलमा भारी शुल्क लगाएपछि जी सेभेन बैठकले ‘नियममा आधारित व्यापार प्रणाली’मा जोड दिएको छ । बैठकका निर्णय क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सार्वजनिक गरेका थिए ।
त्यसलगत्तै उनले अमेरिकाको आयात शुल्कको जवाफमा एक जुलाईदेखि अतिरिक्त शुल्क लगाउने घोषणा गरे ।
त्यसको जवाफमा अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै क्याडाका प्रधानमन्त्री ट्रुडोले गलत र बेइमानी गरेको बताएका छन् । उनले अमेरिका जी–सेभेनको साझा वार्तामा सहभागी नहुने घोषणासमेत गरे । ‘व्यापार युद्धमा हरेक पटक अमेरिका विजय हुन्छ’ ट्रम्पले भनेका छन्, क्यानडाका किसान, मजदुर र कम्पनीहरुमाथि भारी कर लगाउँदैछ ।
हालै स्टिलमा २५ प्रतिशत र आल्मुनियममा १० प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेका ट्रम्पले अटोमोबाइलमा पनि भारी शुल्क लगाउने चेतावनी दिएका छन् ।स्टिल र आल्मुनियममा आयात कर लगाउने निर्णयबाट क्यानडा, मेक्सिको र यूरोपियन युनियन रुष्ट छन् । उनीहरुले अमेरिकाविरुद्ध पनि यस्तै कुनै कारवाहीको योजना बनाएका छन् ।
राष्ट्रपति ट्रम्पले भने अमेरिकाविरुद्ध कुनै कदम उठाइएमा गम्भीर भूल हुने चेतावनी दिएका छन् । उनले भने, ‘यदि यसले व्यापार युद्धको रुप लियो भने यो लडाइँमा अमेरिका हरेक पटक विजय हुनेछ ।’ सम्मेलन सम्पन्न हुनुभन्दा अगाडि नै ट्रम्प सिंगापुर प्रस्थान गरेका छन्, जहाँ उनले मंगलबार उत्तर कोरियाली नेता किम जोङ्ग उनसँग ऐतिहासिक भेटवार्ता गर्ने छन् ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












