प्रचण्डले आफ्ना घरबेटीलाई कारबाही नगर्न बादललाई भनेका हुन त ? संसदमा उठ्यो प्रश्न
काठमाडौँ २७, जेष्ठ । गृह मन्त्रालयको पछिल्लो एक्सनका रुपमा ल्याइएको काम समयमा काम नसक्ने ठेकेददारहरुलाई कारबाही अभियानको पक्षमा संसदमा प्रशन् उठेको छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दबाब दिएको भन्ने कुराको बारेमा संसदमा कुरा उठेको हो ।
नेमकिपाका सांसद प्रेम सुवालले संसदमा प्रश्न गरे, शैलुङ कन्स्ट्रक्सनका धनी शारदा अधिकारी, जो नेकपा अध्यक्ष प्रचण्डकै घरबेटी भएको पनि समाचारमा आएको छ। गृहमन्त्रीज्युले कारबाही गर्ने कुरा उठाउँदा नेकपा अध्यक्ष प्रचण्डज्युले गृहमन्त्रीज्युलाई बोलाएर कारबाही नगर्नू भनेर आदेश दिएको पनि समाचार आएकोले के कस्तो हो यस सदनलाई जानकारी दिनु आवश्यक छ।’
भक्तपुर जिल्लामा सञ्चालित विभिन्न विकास निर्माण समयमा सम्पन्न नगर्ने नौ आयोजनाका छ निर्माण कम्पनीको विवरण जिल्ला प्रशासन कार्यालय भक्तपुरले गृह मन्त्रालयमा पठाएको छ ।
गृहमा पठाएको नामावलीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट निर्माण ब्यवसायी शारदा अधिकारी पनि परेका छन्। शारदा अधिकारीले कमलविनायक–नगरकोट सडक निर्माणअन्तर्गत् शैलुङ्ग कन्स्ट्रक्सनबाट निर्माणको जिम्मा लिने तर समयमा काम सम्पन्न नगर्ने व्यवसायीको सूचीमा राखेर गृह मन्त्रालयमा नाम पठाएको हो।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












