उत्तर कोरियाली नेता किम सिंगापुर पुगे, ट्रम्प पनि आजै पुग्ने
काठमाडाैं २७, जेष्ठ । उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन् । विमानस्थलमा उनको स्वागतका लागि सिंगापुरका विदेशमन्त्री भिभियन बालक्रिस्नन उपस्थित रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । उनीहरु एकअर्कासँग हात मिलाइरहेको तस्बिर भिभियन आफैँले ट्वीटरमार्फत् सार्वजनिक गरेका हुन् ।
Welcomed Chairman Kim Jong Un, who has just arrived in Singapore. pic.twitter.com/ZLK4ouIejx
— Vivian Balakrishnan (@VivianBala) June 10, 2018
किमको आगमनको तयारीमा सिंगापुरका प्रमुख सडकमा सुरक्षाकर्मी तैनाथ गरिएको बताइएको छ भने विमानस्थल वरपरको क्षेत्रमा पनि बिहानैदेखि कडा सुरक्षा व्यवस्था रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उता, उत्तर कोरियाबाट आएका सञ्चारकर्मीहरु पनि किमले यात्रा गर्ने सडकमा उनको तस्बिर लिन लामो समय अगाडिदेखि नै तयारी अवस्थामा बसिरहेको बताइएको छ । अन्तराष्ट्रिय सञ्चारकर्मीहरुलाई भने निश्चित सीमाभन्दा बाहिर तस्बिर खिच्न निषेध गरिएको बताइएको छ ।
त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि क्यानडाको जी–सेभेन सम्मेलनपछि आजै बेलुका सिंगापुरका लागि प्रस्थान गर्ने बताइएको छ । आजै बेलुका उनले सिंगापुरका प्रधानमन्त्री लि हिस्न लुङसँग भेटवार्ता गर्ने तय भएको छ ।
किम र ट्रम्पबीच सिंगापुरमा १२ जुन (पर्सी) वार्ता हुँदैछ ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












