डोनाल्ड ट्रम्प र किम जोंग उनबीच ऐतिहासिक भेटवार्तामा दोभाषेको पनि व्यवस्था
एजेन्रसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच ऐतिहासिक भेटवार्ता भएको छ । सिंगापुरको होटल क्याम्पेलामा मंगलबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो ।
वार्तास्थलमा पुगेलगत्तै दुवै नेताहरुले हात मिलाएका थिए । यो भेटवार्तामा करिब एक घण्टा चल्ने बताइएको छ । भेटवार्तामा दोभाषेको पनि व्यवस्था गरिएको छ ।
भेटवार्ता सुरु हुनुभन्दा ठीक अगाडि ट्रम्पले भनेका छन्( सबै कुरा एकदम ठीक छ तर यो वार्तामा राम्रो सम्झौता हुन पाउँछ कि पाउँदैन छिट्टै थाहा हुनेछ ।
उनले भनेका छन्, ‘किम जोङ्ग उनसँगको यो भेट एक सम्मान हो । जसबाट हामीबीच एक उत्कृष्ट सम्वन्ध बन्ने विश्वास गर्दछु ।’
वार्तामा बस्नुअघि पत्रकारहरुसँग ट्रम्पले भने, ‘साँच्चै मलाई एकदम राम्रो लागिरहेको छ, हामी एकदम ठूलो कुरामा छलफल गर्न गइराखेका छौं । यो सफल होस् ।’
यसैगरी किमले भने, ‘यहाँ आउन सहज थिएन । पुरानो पूर्वाग्रहमा हामी थियौं तर हामीले ति सबैलाई हटायौं ।’
ट्रम्पले किमसँग मिलाएको हात हल्लाउँदै भने, ‘यो सत्य हो ।’
यस कारण छ विश्वको नजर
जनवरी २०१८ मा नयाँ सुरुआत भयो । उत्तर कोरियाली शान्तिको पहल थाल्यो । मार्च महिनामा दक्षिण कोरियाले आफ्नो सुरक्षा सल्लाहकार र एक अधिकारीलाई उत्तर कोरिया पठायो । त्यसपछि दुवै अधिकारी ट्रम्पसँग वार्ताको प्रस्ताव लिएर अमेरिका गए । ट्रम्प सहमत पनि भए । तर, बीचमा फेरि खटपट सुरु भयो । अवस्था यस्तो भयो कि ट्रम्पले वार्ता नै रद्द गरेको घोषणा गरे ।
तर, उत्तर कोरियाले फेरि वार्ताको पहल थाल्यो र अहिले विश्वकै सुन्दर र सुरक्षित शहर सिंगापुरमा दुवै नेताहरु भेटवार्तामा बसेका छन् ।
यो भेटवार्ताबाट उत्तर कोरियाले परमाणु कार्यक्रम बन्द गर्ने प्रतिवद्धता जनाउने अपेक्षा गरिएको छ ताकि उत्तर कोरियामा लगाइएका प्रतिवन्ध हटाएर र आर्थिक अवस्थामा सुधार ल्याउन सकियोस् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












