नेपालको कम्युनिष्ट एकताले विश्वका कम्युनिष्टहरु उत्साहित: माधव नेपाल
काठमाडौ २९, जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ब्राजिलमा आयोजित इन्टरनेशनल पिपुल्स एसेम्लीमा भाग लिएर मंगलबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ नेपालमा भएको कम्युनिष्ट एकताप्रति अन्तराष्ट्रिय कम्युनिष्ट पार्टीहरु अति उत्साही रहेको बताएका छन् ।
वरिष्ठ नेता नेपालले एमाले र माओवादी केन्द्रबीचको एकताबाट विश्वका सबै कम्युनिष्ट पार्टीहरु अन्त्यन्तै उत्साही रहेकोे आफूले पाएको बताएका हुन् ।
त्यसक्रममा नेपालमा माक्र्सवादबारे नियमित कक्षा चलाउन मदन भण्डारी एशीयन स्कूल स्थापनाका लागि वरिष्ठ नेता नेपाल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ब्राजिलस्थित फ्लोरेस्टन फर्नान्डेज नेशनल स्कुलको पनि अवलोकन गरेका थिए ।
स्कुलको प्रशिक्षण कार्यक्रममा समेत सहभागी भएर शिक्षण सिकाईका अनुभव पनि ग्रहण गरिएको वरिष्ठ नेता नेपालले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताका विषयमा पनि अन्तराष्ट्रिय कम्युनिष्ट पार्टीहरुसँग छलफल गरिएको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीको सफलताका कारणबारे विश्वका सबै कम्युनिष्ट पार्टीहरुले गहिरो चासो व्यक्त गरेको पनि बताए ।
दुवै नेताले ब्राजिल बसाईका क्रममा त्यहाँका सांसदहरुसँग पनि सामूहिक भेटगरी द्धिपक्षीय हितका विषयमा पनि छलफल गरेका थिए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












