नेपालको कम्युनिष्ट एकताले विश्वका कम्युनिष्टहरु उत्साहित: माधव नेपाल
काठमाडौ २९, जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ब्राजिलमा आयोजित इन्टरनेशनल पिपुल्स एसेम्लीमा भाग लिएर मंगलबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ नेपालमा भएको कम्युनिष्ट एकताप्रति अन्तराष्ट्रिय कम्युनिष्ट पार्टीहरु अति उत्साही रहेको बताएका छन् ।
वरिष्ठ नेता नेपालले एमाले र माओवादी केन्द्रबीचको एकताबाट विश्वका सबै कम्युनिष्ट पार्टीहरु अन्त्यन्तै उत्साही रहेकोे आफूले पाएको बताएका हुन् ।
त्यसक्रममा नेपालमा माक्र्सवादबारे नियमित कक्षा चलाउन मदन भण्डारी एशीयन स्कूल स्थापनाका लागि वरिष्ठ नेता नेपाल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ब्राजिलस्थित फ्लोरेस्टन फर्नान्डेज नेशनल स्कुलको पनि अवलोकन गरेका थिए ।
स्कुलको प्रशिक्षण कार्यक्रममा समेत सहभागी भएर शिक्षण सिकाईका अनुभव पनि ग्रहण गरिएको वरिष्ठ नेता नेपालले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताका विषयमा पनि अन्तराष्ट्रिय कम्युनिष्ट पार्टीहरुसँग छलफल गरिएको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीको सफलताका कारणबारे विश्वका सबै कम्युनिष्ट पार्टीहरुले गहिरो चासो व्यक्त गरेको पनि बताए ।
दुवै नेताले ब्राजिल बसाईका क्रममा त्यहाँका सांसदहरुसँग पनि सामूहिक भेटगरी द्धिपक्षीय हितका विषयमा पनि छलफल गरेका थिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












