किन जादैछन प्रचण्ड चीन र भारत ? कारण यस्तो छ…
भरतपुर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत र चीन भ्रमण जाने तयारी गरेका छन् ।
चितवनको भरतपुर महानगरपालिकाले मंगलबार गरेको कार्यक्रममा उनले त्यसको पुष्टी गर्दै आफू विकासको एजेण्डा लिएर दुई छिमेकीको भ्रमणमा जान लागेको जानकारी दिए ।
आफूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विकासको मात्रै एजेण्डा भारत भ्रमण गर्न निम्ता दिएको बताउँदै आफू त्यसको तयारीमा रहेको प्रचण्डले बताए । मोदी काठमाडौं आएका बेला आफूलाई भारत भ्रमणमा बोलाएको भन्दै उनले अघि भने ‘मलाई भारतीय प्रधानमन्त्रीले एकचोटी विकासको एजेण्डामा मात्र कुरा गर्न समय मिलाएर आउनुस् भन्नुभएको छ, र म जाने तयारीमा छु ।’
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्केपछि आफू चीन जाने पनि बताए । प्रधानमन्त्री फर्केपछि पार्टी अध्यक्षको हैसियतमा चीन आउन आफूलाई बोलाइएको भन्दै उनले चीन जाने पनि बताए । ‘हाम्रो प्रधानमन्त्री चीन चीन भ्रमण जाँदै हुनुहुन्छ । उहाँको चीन भ्रमण सकिएपछि पार्टी अध्यक्षको हैसियतमा तपाई पनि तयारी गर्नुस् भनेर चिनियाँ कम्युनिष्ट पार्टीको निम्ता आइ नै सकेको छ’ प्रचण्डले भने ।
उनले नेपालमा भारत र चीनले एक/एक वटा ऐतिहासिक योजना निर्माण गरोस् भन्ने एजेण्डा लिएर ती देशको भ्रमणमा जाने बताए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












