निकुञ्जमा पर्यटकसँगै राजश्व पनि वृद्धि
चितवन, ३० जेठ । देशमा राजनीतिक स्थिरता र स्थायी सरकार बनेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ ।
पर्यटक बढेसँगै राजश्व पनि बढेको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार चालू आर्थिक वर्षको १० महिनामा एक लाख ३३ हजार १७१ पर्यटकले निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुमेका छन् । जसमध्ये तेस्रो मुलुकका पर्यटकको संख्या ८८ हजार ९३९, सार्क देशका १३ हजार ४०८ र नेपाली ३० हजार ८२४ रहेका छन् ।
यस अवधिमा रु २१ करोड ५० लाख ७१४ राजश्व संकलन भएको छ । गत आर्थिक वर्षभरिमा एक लाख ३९ हजार ९७८ पर्यटकले निकुञ्ज घुमेका थिए । जसमध्ये विदेशी ८८ हजार १९, सार्क मुलुकका १५ हजार ९०६ र नेपाली ३६ हजार ५३ रहेका थिए । गत आवमा रु २२ करोड ५१ लाख ६३ हजार ४०९ राजश्व संकलन भएको अर्यालले बताए।
आव २०७२÷७३ मा वर्षभरिमा ८७ हजार ३९१ पर्यटकले मात्रै निकुञ्ज प्रवेश गरेका थिए । त्यस वर्ष विदेशी ५० हजार १९१, सार्क मुलुकका छ हजार ६०६ र नेपाली ३० हजार ५९२ रहेका थिए ।
पर्यटकमा कमी आएसँगै त्यस वर्ष रु १३ करोड १२ लाख २० हजार २५५ राजश्व संकलन भएको थियो । भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण पर्यटकको संख्यामा कमी आएको थियो । क्रमशः पर्यटकको संख्या बढ्दै गएको छ । जेठ र असार महिनामा आशातित पर्यटक भित्रिएमा विगत तीन वर्षको तुलनामा यसवर्ष सबैभन्दा बढी पर्यटक आउने अपेक्षा व्यवसायीहरुले गरेका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












