विश्वकप फुटबल पनि हेरिने, रक्तसञ्चार भवनलाई सहयोग पनि हुने
बर्दिवास, ३१ जेठ। महोत्तरी जिल्लाका होटल व्यवसायीले विश्वकप फुटबलको अवसरलाई मानवीय सेवामा लगाउने भएका छन् ।
महोत्तरी होटल व्यवसायी संघ, बर्दिवासले विश्वकप फुटबलको अवसरलाई बर्दिवास–३ गौरीडाँडामा निर्माणाधीन रक्त सञ्चार केन्द्र भवनको सहयोगार्थ उपयोग गर्न लागेको हो ।
आज साँझ रुसको राजधानी मस्कोमा शुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण देखाएर होटल व्यवसायीले रक्त सञ्चार केन्द्रको निर्माणाधीन भवनलाई सहयोग पुर्याउन लागेका हुन् । विश्वकप फुटबलको अवधिभर लाइभ देखाउँदा प्राप्त हुने रकम रक्त सञ्चार केन्द्र भवन निर्माणमा सहयोग गरिने महोत्तरी होटल व्यवसायी संघ बर्दिवासका महासचिव रेवन्त कार्की सुदीपले जानकारी दिए ।
“रक्त सञ्चार केन्द्रको भवन रकम अभावले पूर्ण हुन सकेको छैन” महासचिव कार्कीले भने,“अहिले विश्वकप फुटबल हेर्न लालायित ठूलै जमात यहाँ देखियो, हामीले यो अवसरलाई रक्त सञ्चार केन्द्रको भवन निर्माणसँग जोड्न चाह्यौँ ।”
बिहीबार साँझ शुरु हुने विश्वकप फुटबलको लाइभ बर्दिवास सेवा समितिको सभा भवनमा प्रोजेक्टरको सहयोगमा होटल व्यवसायीले दर्शकलाई देखाउन लागेका हुन् । यो लाइभ हेर्न चाहनेले रु २०० को सहयोग रसिद लिनुपर्ने संघले निर्णय गरेको छ । आज बिहानसम्म २०० टिकट गइसकेको महासचिव कार्कीले जानकारी दिए ।
“बर्दिवास सेवा समितिको सभाभवन ६०० दर्शक अट्ने क्षमताको छ” महासचिव कार्कीले भने, “अहिलेसम्मको सम्पर्कले दर्शकको संख्या यस्तै हाराहारीको हुने ठानेका छौँ ।” विश्वकप फुटबलको उत्सवसँगै जोडेर रक्त सञ्चार केन्द्रको भवन निर्माणमा रु एक लाख सहयोग गर्न सकिने होटल व्यवसायीले अपेक्षा राखेका छन् ।
होटल व्यवसायीले विश्वकप फुटबलको उत्सवलाई रक्त सञ्चार केन्द्रको भवन निर्माणसँग जोडेपछि बर्दिवास नगर क्षेत्रका टोल सुधार समितिमा आबद्ध युवा पनि सहयोग जुटाउन लागी परेका छन् । “होटल व्यवसायीले राम्रो सोच ल्याए, हामी पनि सहयोगमा जुटेका छौँ” बर्दिवास युवा टोल सुधार समितिका अध्यक्ष फणीन्द्र भट्टराई ‘बिजु’ले भने ।
रचनात्मक कामको सहयोगमा होटल व्यवसायीसँगै स्थानीय युवा पनि सक्रिय भएपछि योबारे सकारात्मक चासो बढेको छ । विश्वकप फुटबलको लाइभ इलाका प्रहरी कार्यालय, बर्दिवास, एकीकृत सेवा केन्द्र बर्दिवास र बर्दिवास उद्योग वाणिज्य संघसँग समन्वय गरेर सुरक्षा प्रबन्ध मिलाइएको महोत्तरी होटल व्यवसायी संघ बर्दिवासले जनाएको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












