दाङमा साढे पाँच हजार मोतिविन्दुका बिरामी
दाङ, ३ असार। जिल्लामा अझै पनि पाँच हजार ६५७ जनामा अन्धोपनको समस्या देखिएकोछ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल रक्षाचौर दाङले गरेको पछिल्लो न्यून दृष्टियुक्त व्यक्ति सर्वेक्षणअनुसार जिल्लामा पाँच हजार ६५७ जना मोतिविन्दुका बिरामी रहेको तथ्याङक देखिएको र उपचार विधिबाट हटाउन सक्ने तथा न्यून दृष्टियुक्त व्यक्ति निवारणका लागि स्थानीय निकायहरुको सहकार्यमा परियोजना शुरु गरेको जनाएकोछ ।
सरकारको स्वास्थ्य नीति तथा कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग पु¥याउन तथा सन् २०२० सम्म उपचारबाट घटाउन सक्ने न्यून दृष्टियुक्त व्यक्ति निवारणका लागि मोतिविन्दुको निःशुल्क शल्यक्रिया तथा दृष्टिदोषको उपचारसेवा शुरु गरेको राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले बताए । जिल्लामा रहेका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई मोतिविन्दुरहित गाउँ शहर बनाउनमा सहयोग पु¥याउने उद्देश्यले सो परियोजना ल्याएको बताइएको छ । जसअन्र्तगत तुलसीपुर, घोराही उपमहानगरपालिका, लमही नगरपालिका र सात वटै गाउँपालिकासँग समन्वय गरिरहेको नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीले बताए । स्थानीय निकायको ६० प्रतिशत र अस्पतालको ४० प्रतिशत सहभागितामा यस्तो उपचार सेवा शुरु गर्न लागिएको हो ।
जसअन्र्तगत विभिन्न स्थानमा निःशुल्क आँखा चेकजाँच शिविर राख्ने र त्यहाँ भेटिएका बिरामीलाई अस्पतालमा शल्यक्रिया गर्ने अस्पतालले जनाएको छ । एउटा व्यक्तिको मोतिविन्दुको शल्यक्रियाका लागि रु आठ हजार रकम लाग्ने र सो मध्ये स्थानीय निकायले ६० प्रतिशत र अस्पतालले ४० प्रतिशत रकम व्यहोर्ने गरी कार्यक्रम तयार पारिएको छ । जसले गर्दा पैसाको अभावले न्यून दृष्टियुक्त भएर बस्नु नपर्ने नेत्रज्योति संघले जनाएको छ ।
जिल्लाको घोराही उपमहानगरपालिकाको १९ वटा वडामा एक लाख ५६ हजार जनसंख्यामा एक हजार ५८४ जनामा मोतिविन्दु रहेको पाइएको छ । त्यस्तै, तुलसीपुर उपमहानगरपालिका सबै वडाभित्र रहेको एक लाख ४१ हजार जनसंख्यामा एक हजार ४३५ जनामा मोतिविन्दुको समस्या रहेको छ । त्यसैगरी, लमही नगरपालिकाभित्र ४८३, राजपुर गाउँपालिकामा २५४, गढवा गाउँपालिका ३९१ र राप्ती गाउँपालिकामा ४१३ जना मोतिविन्दुको समस्या रहेको छ । अस्पतालले प्रत्येक वर्ष २४ हजार बढीको आँखा रोगीको आँखामा देखिएको मोतिविन्दुको शल्यक्रिया गरी नयाँ दृष्टि दिने गरेको नेत्र अधिकृत शालिकराम गौतमले बताए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












