विपत् व्यवस्थापन र पारिवारिक सुरक्षा योजना
उर्लाबारी, मोरङ, ४ असार । प्रत्येक वर्ष बाढीले विस्थापित हुँदै आएका उर्लाबारी–१ मेचेडाँगीका स्थानीयवासी विपत् व्यवस्थापन र पारिवारिक सुरक्षा योजनामा जुटेका छन् ।
वर्षात्को समयमा बक्राहा, सुनसरी र मिक्लु खोलाको कटान र डुबानबाट बच्नका लागि स्थानीयस्तरमा विपत् व्यवस्थापन पूर्व तयारी, उद्धार तालीम, पारिवारिक सुरक्षा योजना बनाउन थालिएको हो । गाउँघरमा सबैभन्दा बढी जोखिम रहेको बाढी र डुबान, त्यसपछिको समस्या सर्पको जोखिम, चट्याङ र हावाहुरी, आगलागी, खेतीयोग्य जमिनको कटान, खेतीमा हात्तीले पु¥याउने नोक्सान र त्यसबाट बच्ने विधिका बारेमा ज्ञान लिँदै प्रतिरोध र प्रतिरक्षा योजना बनाउने गरिएको हो ।
प्लान नेपाल इन्टरनेशनल र फरवार्ड नेपालले सञ्चालन गरेको परियोजनाले विपद् व्यवस्थापन, त्यसबाट आउन सक्ने जोखिम र त्यसबाट बच्न सकिने विषयमा स्थानीय समुदायलाई तालीम र सचेतनासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेपछि कार्यक्रमको प्रभावकारिता बढ्दै गएको हो ।
सो परियोजनाअन्तर्गत स्थानीय समुदायलाई समूह–समूहमा प्रकोप के हो र त्यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा तालीम, सचेतना कार्यक्रमदेखि विकास निर्माणका कामलाई समेत प्राथमिकता दिँदै आएको फरवार्डका कार्यक्रम संयोजक देवप्रकाश चौधरीले बताए ।
सो परियोजनाले उर्लाबारी–१ का विद्यालयमा समेत कार्यक्रम सञ्चालन गर्दै आएको छ । उर्लाबारीको सारदा माविमा विपद् व्यवस्थापन कार्यक्रम सञ्चालन गरिरहेको उनले भने । परियोजनाअन्तर्गत सो गाउँमा रु ६० हजार बराबरको खोज तथा उद्धार सामग्री पनि हस्तान्तरण गरिएको छ । यस कार्यक्रमबाट विपत् जोखिम न्यूनीकरणका लागि आफूहरुलाई ज्ञान मिलेको स्थानीयवासी देवनारायण गौतमले बताए ।
परियोजनाकी सामाजिक परिचालक मनमाया तामाङका अनुसार परियोजनाले उर्लाबारी र पथरीशनिश्चरे नगरपालिका तथा कटहरी गाउँपालिकाका विद्यालयमा अध्ययनरत छात्रछात्रालाई विपद् व्यवस्थापन र त्यसको न्यूनीकरणका विषयमा तालीम र सचेतना मुलुक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












