सडक भाँसिएपछि बेलिब्रिज जोखिममा
बाबियाचौर, म्याग्दी, ४ असार । बेनी–जोमसोम सडकअन्तर्गत बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सिमाना गलेश्वरस्थित बेलिब्रिज नजिकै सडक भाँसिएको छ ।
रघुगंगा नदीको कटानका कारण पुलको संरक्षणका लागि लगाइएको ग्याबियन पर्खाल र रिटेनिङ वाल भत्किएर सडक भाँसिएपछि बेलिब्रिज जोखिममा परेको छ । आईतबार दिउँसो पुलको गलेश्वर तर्फको बिम देखि करिब पाँच मिटर नजिकको सडक भाँसिएको हो ।
खोलाले धार थप कटान गर्दै जाँदा पुल र नजिकैको बस्ती जोखिममा परेको स्थानीयवासी दीपक कार्कीले बताए । बेनी–जोमसोम कोरला सडक आयोजनाले ठेक्कामार्फत गलेश्वरस्थित रघुगंगा नदीमा पक्की मोटरेबल पुल निर्माण शुरु गरेको छ ।
पुलको पिप्लेतर्फको पिल्लर ठडाउने खाडल खन्न खोलाको धार गलेश्वरतर्फ डाईभर्सन गराइएकाले कटान गरेर सडक भाँसिएको हो । सडक भाँसिएर कटानको जोखिम बढेपछि ठेकेदार कम्पनीले पिल्लरको जग खन्ने काम रोकेर संरक्षणको काम शुरु गरेको छ ।
जिसस प्रमुख देवेन्द्र केसी, प्रजिअ लिलाधर अधिकारी, प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा, पूर्वसांसद गोविन्द पौडेलको टोलीले घटनास्थलको स्थलगत निरीक्षण गरेर जोखिम न्यूनीकरणको उपाय अपनाउन निर्देशन दिए ।
खोलाको धार पुरानै स्वरुपमा फर्काउन र जोखिम नहुने गरी सावधानी अपनाएर काम गर्न आयोजना र निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिइएको प्रजिअ अधिकारीले बताए ।
Comments
अरु समाचार
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...












