बेपत्ता पारिएका बिपिन लगायत हजाराैं नागरिकलाई राज्यले सार्वजनिक गर्दैन किन ?
असार ४, काठमाडाैं । राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज, नेपालले ‘बेपत्ता नागरिकको सार्वजनिकीकरणको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रम आइतबार काठमाडाैमा सम्पन्न गरेको छ ।
दश वर्षे जनयुद्धको क्रममा २०५९ साल असार ३ गते विपिन भण्डारीलाई, दिलबहादुर राई र कवि गाैतमलाई बिहानको पाँच बजे सुतिरहेको अवस्थामा कोठाबाटै सुरक्षाकर्मीद्वारा पक्राउ गरि बेपत्ता बनाइएको थियो ।
बेपत्ता पारिएका तीन जना मध्ये कवि गाैतमलाई भने सरकारले छोडेको थियो ।
बेपत्ता बिपिन भण्डारी (किशोर) तत्कालिन नेकपा (माआेवादी)का काठमाडाै पार्टी जिल्ला सचिवालय सदस्य थिए भने २०५५ सालमै काठमाडाैं जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा एक महिना प्रहरी हिरासतमा बसिसकेका थिए ।
कार्यक्रममा बोल्दै नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले बेपत्ता नागरिकका परिवारले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नु पर्ने भन्दै सरकारलाई अल्जाइमर रोग लागेको बताएका छन् । जनयुद्वमा भएका अमानविय कार्यलाई अन्तराष्ट्रीयकरण गर्नुको विकल्प नभएको भन्दै उनले अबको १ वर्ष लागेर विभिन्न कानुनका ठेली पल्टाएर वकिलहरुले उचित कदम चालिएन भने कहिल्यै बेपत्ताको अवस्था सार्वजनिक नहुने ठोकुवा गरे । उनले अदालतद्वारा रिहाई गर्न आदेश दिँदा समेत सत्तासिनहरुलाई पक्राउ गरेको भन्दै मानवअधिकार हनन् भएको बताए ।
सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ने क पाका नेता लेखनाथ न्याैपानेले कसैले जनयुद्वलाई एक अपराधको रुपमा व्याख्या गर्न खोजे आफूले त्यसको कडा प्रतिवाद गर्ने भन्दै हान्दिने जनाएका छन् । यस्तै राष्ट्रिय जनअधिकार सरोकार अभियान, नेपा्लने जनाएका छन्का । अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले ‘बेपत्ता नागरिकको सार्वजनिकीकरणको प्रश्न’ प्रस्तुत गर्दै यतिबेला राजनीतिक अवस्थाले पनि बेपत्ता नागरिकको सार्वजनिक हुनेतर्फ संकेत गरेको बताएका छन् ।
कार्यक्रममा विभिन्न बेपत्ता योद्धा परिवार, वरिष्ठ पत्रकारलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्ष एकराज भण्डारीले गरेका थिए भने सञ्चालन सोनु पोखरेले गरेका थिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












