बेपत्ता पारिएका बिपिन लगायत हजाराैं नागरिकलाई राज्यले सार्वजनिक गर्दैन किन ?
असार ४, काठमाडाैं । राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज, नेपालले ‘बेपत्ता नागरिकको सार्वजनिकीकरणको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रम आइतबार काठमाडाैमा सम्पन्न गरेको छ ।
दश वर्षे जनयुद्धको क्रममा २०५९ साल असार ३ गते विपिन भण्डारीलाई, दिलबहादुर राई र कवि गाैतमलाई बिहानको पाँच बजे सुतिरहेको अवस्थामा कोठाबाटै सुरक्षाकर्मीद्वारा पक्राउ गरि बेपत्ता बनाइएको थियो ।
बेपत्ता पारिएका तीन जना मध्ये कवि गाैतमलाई भने सरकारले छोडेको थियो ।
बेपत्ता बिपिन भण्डारी (किशोर) तत्कालिन नेकपा (माआेवादी)का काठमाडाै पार्टी जिल्ला सचिवालय सदस्य थिए भने २०५५ सालमै काठमाडाैं जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा एक महिना प्रहरी हिरासतमा बसिसकेका थिए ।
कार्यक्रममा बोल्दै नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले बेपत्ता नागरिकका परिवारले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नु पर्ने भन्दै सरकारलाई अल्जाइमर रोग लागेको बताएका छन् । जनयुद्वमा भएका अमानविय कार्यलाई अन्तराष्ट्रीयकरण गर्नुको विकल्प नभएको भन्दै उनले अबको १ वर्ष लागेर विभिन्न कानुनका ठेली पल्टाएर वकिलहरुले उचित कदम चालिएन भने कहिल्यै बेपत्ताको अवस्था सार्वजनिक नहुने ठोकुवा गरे । उनले अदालतद्वारा रिहाई गर्न आदेश दिँदा समेत सत्तासिनहरुलाई पक्राउ गरेको भन्दै मानवअधिकार हनन् भएको बताए ।
सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ने क पाका नेता लेखनाथ न्याैपानेले कसैले जनयुद्वलाई एक अपराधको रुपमा व्याख्या गर्न खोजे आफूले त्यसको कडा प्रतिवाद गर्ने भन्दै हान्दिने जनाएका छन् । यस्तै राष्ट्रिय जनअधिकार सरोकार अभियान, नेपा्लने जनाएका छन्का । अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले ‘बेपत्ता नागरिकको सार्वजनिकीकरणको प्रश्न’ प्रस्तुत गर्दै यतिबेला राजनीतिक अवस्थाले पनि बेपत्ता नागरिकको सार्वजनिक हुनेतर्फ संकेत गरेको बताएका छन् ।
कार्यक्रममा विभिन्न बेपत्ता योद्धा परिवार, वरिष्ठ पत्रकारलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्ष एकराज भण्डारीले गरेका थिए भने सञ्चालन सोनु पोखरेले गरेका थिए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












