बमबारीमा परेर पूर्वी सिरियामा ३८ लडाकू मारिए
बेरुत, ४ असार । इराकको सिमानामा रहेको सिरियाको पूर्वी सीमा क्षेत्रमा गएराति भएको बमबारीमा परी करिब ४० जना लडाकू मारिएका सरकारी स्रोतले सोमबार जानकारी दिएको छ ।
यी लडाकूहरु सरकार समर्थित समूहका रहेको बताइएको छ । सिरियाली सरकारआवद्ध सुरक्षामाथि भएको यो एक भयानक आक्रमण भएको बेलायतआवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।
दैर इजोर प्रान्तको अल हारी भन्ने स्थानमा सिरियाली लडाकू नभई सरकार समर्थित ३८ विदेशी लडाकू मारिएका सिरियाली सरकारले जानकारी दिएको छ ।
सिरियाली राज्यद्वारा सञ्चालित सञ्चार माध्यमकाअनुसार यस आक्रमण इस्लामिक स्टेट्स् (आइएस) आतङ्ककारी समूहले अमेरिका र रुसआवद्ध संयुक्त सेनालाई आक्रमण गरेका थिए ।
सिरियाली शासक पक्षलाई सहयोग गर्दै आएका अमेरिका र रुसआवद्ध सेनाले आइएसको बलियो प्रभाव रहेको प्रान्तको दैर इजोरको अल हारीमा आइएसविरुद्ध कारबाही चलाउँदै आएका थिए ।
सिरियामा राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सन् २०११ को मार्चबाट आन्दोलन सुरु भएको थियो । सो आन्दोलन पछि गएर गृहयुद्धमा परिणत भयो ।
केही समयपछि गृहयुद्धमा परिणत भएको यहाँको आन्तरिक विद्रोहमा हाल आएर भने अल कायदा, इस्लामिक स्टेट्स्जस्ता आतङ्ककारी समूह हावी हुदै गएका छन् ।
जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म ४ लाख भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै अन्य लाखौँ घाइते भएका छन् ।
त्यसैगरी लाखौँ व्यक्ति आफ्नै देशमा आन्तरिक रुपमा तथा देश बाहिर छिमेकमा पनि शरणार्थी बन्न पुगेका छन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












