१० प्रतिशत भूकम्प पीडितले घर निर्माण गरेरन्
चौतारा, ४ असार। गोरखा भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा १० प्रतिशत पीडितले अझै आवास निर्माण गर्न सकेका छैनन् ।
कामदारको अभाव, निर्माण सामग्रीमा अत्यधिक मूल्यवृद्धि र गुनासोमा परेका पीडितको निर्णय भई आउन समय लागेको छ । जिल्लामा भूकम्प पीडित लाभग्राही सूचीमा ७८ हजार ५३७ परिवार थिए । गुनासोमा दर्ता भएर निर्णय भइसकेका समेत ८५ हजार ४६३ लाभग्राहीसँग आवास निर्माणको सम्झौता भइसकेको छ ।
अझै पनि गुनासोमा निवेदन आइरहेकाले लाभग्राहीको संख्या बढ्न सक्ने जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन कार्यान्वयन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख इञ्जिनीयर माधवजङ्ग कार्कीले जानकारी दिए । उनका अनुसार भूकम्पबाट जमीन चिरा परेका र पहिराको उच्च जोखिममा परेका ६९३ परिवारमध्ये १२८ परिवारलाई उपयुक्त स्थानमा जग्गा खरीद गरी जगाधनी पूर्जा प्रदान गरिसकेको छ । अन्य ५६५ परिवारको भने अझै टुंगो लगाउन बाँकी रहेको प्रमुख कार्कीले बताए ।
जिल्लामा हालसम्म दोस्रो किस्ताका लागि ७० हजार ९१२ र तेस्रो किस्ताका लागि ३० हजार २९० परिवारको सिफारिश गरिएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका निमित्त प्रमुख इञ्जिनीयर टंक गौतमले जानकारी दिए । उनका अनुसार कुल लाभग्राहीमध्ये ९७.९० प्रतिशतले सम्झौता गरिसकेका छन् । त्यसैगरी दोस्रो किस्ता ८६ प्रतिशत र तेस्रो किस्ता ३७ प्रतिशतले मात्र गरेका छन् । दोस्रो किस्ताका लागि यही असार मसान्त र तेस्रो किस्ताका लागि आगामी पुस मसान्तभित्र सिफारिश गरिसक्नुपर्ने राष्ट्रिय पुनःनिर्माण प्रधिकरणले जनाएको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












