१० प्रतिशत भूकम्प पीडितले घर निर्माण गरेरन्
चौतारा, ४ असार। गोरखा भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा १० प्रतिशत पीडितले अझै आवास निर्माण गर्न सकेका छैनन् ।
कामदारको अभाव, निर्माण सामग्रीमा अत्यधिक मूल्यवृद्धि र गुनासोमा परेका पीडितको निर्णय भई आउन समय लागेको छ । जिल्लामा भूकम्प पीडित लाभग्राही सूचीमा ७८ हजार ५३७ परिवार थिए । गुनासोमा दर्ता भएर निर्णय भइसकेका समेत ८५ हजार ४६३ लाभग्राहीसँग आवास निर्माणको सम्झौता भइसकेको छ ।
अझै पनि गुनासोमा निवेदन आइरहेकाले लाभग्राहीको संख्या बढ्न सक्ने जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन कार्यान्वयन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख इञ्जिनीयर माधवजङ्ग कार्कीले जानकारी दिए । उनका अनुसार भूकम्पबाट जमीन चिरा परेका र पहिराको उच्च जोखिममा परेका ६९३ परिवारमध्ये १२८ परिवारलाई उपयुक्त स्थानमा जग्गा खरीद गरी जगाधनी पूर्जा प्रदान गरिसकेको छ । अन्य ५६५ परिवारको भने अझै टुंगो लगाउन बाँकी रहेको प्रमुख कार्कीले बताए ।
जिल्लामा हालसम्म दोस्रो किस्ताका लागि ७० हजार ९१२ र तेस्रो किस्ताका लागि ३० हजार २९० परिवारको सिफारिश गरिएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका निमित्त प्रमुख इञ्जिनीयर टंक गौतमले जानकारी दिए । उनका अनुसार कुल लाभग्राहीमध्ये ९७.९० प्रतिशतले सम्झौता गरिसकेका छन् । त्यसैगरी दोस्रो किस्ता ८६ प्रतिशत र तेस्रो किस्ता ३७ प्रतिशतले मात्र गरेका छन् । दोस्रो किस्ताका लागि यही असार मसान्त र तेस्रो किस्ताका लागि आगामी पुस मसान्तभित्र सिफारिश गरिसक्नुपर्ने राष्ट्रिय पुनःनिर्माण प्रधिकरणले जनाएको छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











