नेकपाले यसरी गठन गर्दैछ स्थानीय कमिटी
काठमाडौ,५ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थानीय तहमा पनि संसदीय दल गठन गर्ने भएको छ । प्रदेश कमिटीभन्दा तलका कमिटीहरुलाई नेकपाले स्थानीय कमिटी भनेको छ ।
नेकपाका जिल्ला कमिटीमा २५० सदस्यीयसम्म हुने भएका छन् । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा १२५ सदस्यीय जिल्ला कमिटी हुने विधानले भनेको छ ।
जिल्ला कमिटीमन्दा तल प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी र प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी हुनेछन् । त्यसपछि स्थानीय तहका कमिटीहरुलाई राखिएको छ । स्थानीय तहभन्दा तल वडा कमिटी, प्रारम्भिक कमिटी र पार्टी सेल कमिटीसमेत रहने व्यवस्था नेकपाको विधानमा गरिएको छ ।
महानगरका वडा कमिटी बढीमा ३५, उपमहानगरका वडा कमिटी बढीमा २७ तथा नगरका वडा कमिटी बढीमा २५ सदस्यीय हुने व्यवस्था गरिएको छनिर्वाचन क्षेत्रीय समन्वय कमिटीबाहेक सबै स्थानीय कमिटीमा आफ्नो तहको अधिवेशनबाट निर्वाचित अध्यक्ष, सचिव र सदस्यहरू रहने वैधानिक व्यवस्था गरिएको छ । नेकपाको महानगर कमिटी बढीमा ७५, उपमहानगर कमिटी बढीमा ६१ र नगर कमिटी बढीमा ५१ सदस्यीय हुनेछन् । गाउँपालिका कमिटी बढीमा ४१ सदस्यीय हुनेछन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीमा जिल्ला कमिटीले सम्बन्धित निर्वाचन क्षेत्रमा कार्यरत जिल्ला कमिटीका सदस्यमध्येबाट तोक्ने संयोजक र सचिव पदाधिकारी हुनेछन् । सम्बन्धित निर्वाचन क्षेत्रअन्तर्गत कार्यक्षेत्र भएका जिल्ला कमिटी सदस्यहरू र स्थानीय तहका पदाधिकारीहरु पनि सो कमिटीको स्वतः सदस्य हुनेछन् ।
सम्बन्धित निर्वाचन क्षेत्रअन्तर्गतका महानगर र उपमहानगरका वडा कमिटीका अध्यक्षहरू, प्रतिनिधिसभा निर्वाचन क्षेत्रभन्दा माथिल्लो कमिटीमा नरहेका सम्बन्धित निर्वाचन क्षेत्रका संगठित सदस्यता प्राप्त सांसद, स्थानीय तहका प्रमुख वा अध्यक्ष पनि सो कमिटीको सदस्य हुनेछन् । थप दश प्रतिशत संख्या जिल्ला कमिटीले मनोनित गर्ने व्यवस्था गरिएको छ ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...











