भेरी करिडोर निर्माणसँगै त्रिदेशीय नाका खुल्ने
जाजरकोट, ५ असार । दुई किलोमिटर सडक निर्माण कार्य पूरा गर्ने बित्तीकै डोल्पा सदरमुकाम दुनैमा यातायातका साधन पुग्ने छन् ।
जाजरकोट–डोल्पा सडक निर्माण शुरुवात गर्दा दुई वर्ष जाजरकोट भएर डोल्पा जोड्ने कि रुकुम भूभाग भएर जोड्ने भन्ने रेखाङ्कन विवाद भएको थियो । यही विवादका कारण निर्माण अवरुद्ध भएर २०६६ देखिमात्र पुनः रेखाङ्कन निर्धारण भई सडक निर्माण कार्य शुरु गरिएको थियो ।
भेरी करिडोरअन्तर्गत रहेको यस सडकखण्डको ११७.५ किलोमिटर सडकमध्ये ११५.७ किलोमिटर निर्माण पूरा भएको छ । जाजरकोट–डोल्पा सडक निर्माण २०६५ सालदेखि शुरु भएको थियो ।
जाजरकोटदेखि डोल्पाको दुनैसम्मको ११७ दशमलव ५ किलोमिटर लम्बाइ रहेको निर्माणाधीन जाजरकोट डोल्पाको सडकमध्ये हालसम्म ११५।७ किलोमिटर सडकको मार्ग खोल्ने काम सम्पन्न भई हलुका सवारीसाधन जिप र ट्र्याक्टर सञ्चालनमा आइसकेका छन् ।
यातायात सञ्चालनमा ल्याइएसँगै वर्र्षौंदेखिको सडक सञ्जालमा जोडिने डोल्पालीको सपना विस्तारै पूरा हुँदै गइरहेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, ६ र १ मा पर्ने सिउडेनी चिप्लेभिरदेखि धाउन्ने चुगाडसम्मको दुई किलोमिटर सडक मार्ग खोल्न कडा चट्टान छिचोल्दै सडक निर्माण कार्यलाई नेपाली सेनाले तीव्रता दिएको छ ।
डोल्पालीले यातायात नहुँदा खेप्नुपरेको समस्यालाई मध्यनजर राख्दै त्रिवेणी करोपगाड हुँदै खदाङको हरियापानीसम्मको सडकखण्डमा जिप ट्र्याक्टरलगायत हल्का सवारीसाधन र खदाङदेखि चिप्लेभिरसम्मको सडकखण्डमा ट्र्याक्टर सञ्चालनमा ल्याइएको नेपाली सेनाका जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताए ।
डोल्पा भूभागमा पर्ने त्रिवेणी करोपगाड हुँदै खदाङसम्मको १५ किलोमिटर सडकमा यातायात सञ्चालनमा ल्याइएसँगै नेपालगञ्ज–डोल्पाको यात्रासमेत छोटिएको छ । निर्माणाधीन जाजरकोट–डोल्पा सडकको चिप्लेभिरदेखि धाउन्ने चुगाँडसम्मको बाँकी दुई किलोमिटर चट्टाने भिर खोल्ने कार्य भदौ महिनाभित्रमा सम्पन्न गरी असोजको पहिलो सातामा सडक सम्पन्न गरेर २०७५ को दशैँ र तिहारमा त्रिपुरासुन्दरी नगरपालिका हुँदै सदरमुकाम दुनैसम्मलाई राष्ट्रिय सडक सञ्जालमा जोडिने नेपाली सेनाले जनाएको छ । जाजरकोट–डोल्पा निर्माणाधीन सडक राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको छ ।
भारतको रुपैडिहा जमुना नाका हुँदै उत्तरी चीन सीमा नाका डोल्पाको धोमोरिम्लासम्मको सडकलाई भेरी करिडोर नामकरण गरेर राष्ट्रिय प्राथमिकतामा राखिएमा त्रिदेशीय पारवहन सेवामा समेत सजिलो हुने भएकाले पनि छिन्चु–जाजरकोट–डोल्पा सडक त्रिदेशीय महत्वको सडकका रुपमा रहेको छ ।
जडीबुटीको भण्डारका रुपमा रहेको डोल्पा सडक सन्जालसँग जोडिएमा जडीबुटी निर्यातमा सहज भई डोल्पाली आर्थिक समृद्धितर्फ लम्किने कर्णाली प्रदेशका सभासद् वदमीक्वारा बुढाको भनाइ छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनि प्रचारप्रसार र यातायातको अभावमा आझेलमा परेको शे–फोक्सुण्डो ताल भारतीय राजदूतावासको सहयोगमा निर्माण गरिएको त्रिपुरासुन्दरी नगरपालिकामा रहेको श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरसमेत रहेकाले सडक सञ्जाल पुगेपछि भारतीय तथा तिब्बती पर्यटक डोल्पा पुग्ने विश्वास स्थानीयवासीको छ ।
पाँचवटा ठूला र पाँचवटा साना मोटरेबल पुल नबनेसम्म सडक निर्माण सम्पन्न हुने अवस्था नरहेको डोल्पाका पत्रकार विष्णुलाल बुढाले बताउनुभयो ।
चीन र भारतलाई भेरी करिडोरले जोड्ने
भारतको रोपैडिया जमुनाहदेखि शुरु भएको सो सडक डोल्पाको धो मरिम्ला चीनको सिमानासम्म पुग्नेछ । सो सडकको त्रिदेशीय महत्व छ । कर्णाली प्रदेशको सबभन्दा महत्वपूर्ण सडकका रुपमा रहेको उक्त सडक एक वर्षभित्र दुनै पुग्ने विश्वास डोल्पाकी सांसद सत्या पहाडीको छ । बजेट न्यून रहेका कारण डोल्पाको विकास हुन नसकेको उनको भनाइ छ । भौगोलिकरुपमा टाढा र सामग्रीको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्छ ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












