अमेरिकामा अबैध रुपमा छिरेका १८ नेपाली पक्राउ, जेलमा यस्तो पनि हुन सक्छ..
काठमाडाैं ६, असार । ट्रम्प प्रशासनले आप्रवासी नियम कडा नियम बनाएपछि अवैध रुपमा अमेरिका बस्दै आएका कम्तीमा १८ नेपालीलाई पक्राउ गरिएको छ । साथै, ८० जना दक्षिण एशियालीलाई पक्राउ गरेर ओरेगनको कारागारमा राखिएको अधिकारवादी संघसंस्थाले जनाएका छन् ।
मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना रहेको बताइएको छ ।
एसियन प्यासिफिक नेटवर्क अफ ओरेगन (एपिएनओ) संस्थाले स्थानीय संचारमाध्यमलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार पक्राउ पर्नेमा पाँच चीनियाँ र ३० जना मध्य–अमेरिकी देशहरुका आप्रवासी रहेका छन् ।
एपिएनओले एक प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ गरिएकालाई एक्लाएक्लै राखिएको र उनीहरुलाई कानूनी अधिकारबाट बञ्चित गरिएको जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुलाई अनुवादकसँग सिमित पहुँच दिइएको र अहिलेको व्यवस्था अनुसार उनीहरुमाथि दुर्व्यवहारसमेत हुनसक्ने अवस्था भएको एपिएनओले जानकारी दिएको छ ।
चार दिनअघि अमेरिकी सांसदहरुको एउटा प्रतिनिधिमण्डलले उक्त कारागारको भ्रमण गरेको थियो ।
त्यसमा रहेकी सांसद सुजन बोनामिचिले तारबारले घेरिएको उक्त जेलमा कडा सुरक्षा रहेको र त्यहाँस्थित आप्रवासीहरुसँग आफूले कुराकानी गरेको बताएकी छिन् ।
Most detainees I met today are seeking asylum, fleeing violent gangs or religious persecution. Few have had access to attorneys & several need medical care but have not received it. They told us that they are confined in small cells for up to 23 hours a day. #EndFamilySeparation
— Suzanne Bonamici (@RepBonamici) June 17, 2018
।
उनका अनुसार पक्राउ गरिएकाहरुले आफ्नो देशमा हिंसा वा गलत रुपमा कारवाही खेप्ने जोखिम रहेकाले शरण लिन अमेरिका प्रवेश गरेको बताएका थिए ।
उनले त्यहाँ रहेका नेपाली बन्दीहरुसँग पनि आफूहरुले कुराकानी गरेको उल्लेख गरेकी छिन् ।
वासिङ्टन डिसीस्थित नेपाली राजदूत अर्जुनकुमार कार्कीले पक्राउ परेको भनिएका नेपाली दूतावाससँग कुनै पनि जानकारी नभएको बीबीसीलाई बताए ।
ट्रम्पले गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्न खोज्ने शरणार्थीविरुद्ध शून्य सहनशीलता नीति लिएको घोषणा गरेपछि हालैका दिनमा सीमामा कडाई गरिएको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












