कतै तपाईलाई माछा कत्ले (साेरायसिस ) राेग त लागेकाे छैन ? के हाे माछा कत्ले राेग ?
मानिसकाे शरिरमा धेरै किसिममा राेग लाग्ने गर्दछ त्यसमा पनि छालाकाे राेगले त मानिसकाे बाहिरी सुन्दरतालाइनै धमिलाे बनाउने काम गर्दछ । यस्तै छालाकाे राेग मध्ये एउटा राेग हाे साेरायसिस । के हाे साेरायसिस ? यस राेगकाे राेकथाम के छ त ? यसका लक्षण कस्ता छन् ? अाउनुहाेस् तपाईपनि जानिराख्नुस् याे राेगकाे बारेमा
साेरायसिस राेग छालामा लाग्ने एक किसिकाे राेग हाे । मानिसकाे कुनै भागकाे छाला माछाकाे कत्ला जस्ताे सेताे पातलाे चम्किलाे खालकाे बनाउने र छाला उक्किएर जाने भएकाले यस राेगलाई माछाकत्ले राेग पनि भनिन्छ । याे राेगले हरेक व्यक्तिमा बेगलै किसमले असर पारेकाे हुन्छ । कसैकाे पूरै शरिरमा याे राेगले आक्रमण गर्दछ भने कसैकाे हात र खुट्टामा मात्र देखा पर्न सक्छ ।
साेरायसिसका लक्षणहरु यस्ता छन् :
१, याे राेगले मानिसकाे शरिरकाे छाला अत्यधिक चिलाउने हुन्छ । यहासम्मकि चिलाएकाे भागमा कन्याउदा रगत अाउनुकाे साथै छाला समेत उक्किने गर्दछ ।
२, छालामा साना साना पानीकाे फाेका जस्तै चिलाउने फाेकाहरु देखापर्दछन्।
३,, छाला अत्यधिक सुख्खा भई चिरा पर्ने गर्दछ ।
४, छालाकाे पत्र गइरहने गर्दछ
।
याे राेगलाई निकाे पार्न सकिन्छ तर जरैबाट निर्मुल पार्न भने नसकिने बताउछन् छाला रोग विशेषज्ञ डा. अनिलकुमार झा । शरिरमा राेगसँग लड्न सक्ने क्षमतामा कमि अाएकाे कारण याे राेग लाग्ने गर्दछ। याे बंशानुगत राेग हाे । तर सरुवा भने हाेइन ।
साेरायसिस राेग राेकथामका उपाय
१, साेरायसिस राेग लागेका विरामिले माछा, अण्डा, भेन्टा,पाकेकाे फर्सी खानुहुदैन ।
२, नुहाउदा डाक्टरले दिएकाे सल्लाह अनुसारकाे साबुन प्रयोग गर्ने ।
३, भात तरकारी दुध एकै चाेटि नखाने । दुध,भात र तरकारी एकै ठाउँमा मिसाएर खाँदा छालामा असर पर्ने हुन्छ । दुध खाना खानु भन्दा अाधा घण्टा अघाडि पिउने गर्नु पर्छ ।
४, बढी चिल्लाे , अमिलाे , पिराे खाने कुरा नखाने ।
साेरायसिस राेग लागेका विरामिले बढि पानीमा खेल्ने गर्नुहुदैन । साेरायसिस राेगले छाला सुख्खा बनाइराख्ने भएकाले डाक्टरले दिएकाे सल्लाह बमाेजिमका मलमहरु प्रयोग गर्नुपर्दछ जसले गर्दा छालालाई चिल्लाे बनाइराख्ने काम गर्दछ । साेरायसिस राेगले छालालाई बढीनै सुख्खा बनाउने हुँदा छालालाई केहि हदसम्म नरम चिल्लाे बनाउनका लागि नरिवलकाे तेल प्रयोग गर्नुपर्दछ । अण्डा र माछा भने साेरायसिसका बिरामिले नखाएकै राम्राे हुने बताउछन् डा. अनिलकुमार झा ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...












