सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै
काठमाडौँ, ६ असार । दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित चिनियाँ कम्पनी हुवासिनले आगामी ६ महिना भित्र कारखाना स्थापना गर्ने भएको छ ।
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिनका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गरेका छन् ।
सो परियोजनामा हुवासिनले रु १४ अर्ब ४० करोड लगानी गर्नेछ । सो परियोजनाले एक हजार जनालाई रोजगारीको अवसर प्रदान गर्नेछ । धादिङमा रहेको चुनढुंगा खानी प्रयोग गरेर सिमेन्ट उद्योग स्थापना गर्ने सम्बन्धमा यसअघि नै बोर्ड र प्रवद्र्धक कम्पनीबीच प्रारम्भिक सम्झौता भइसकेको छ । आजको सम्झौतापछि कारखाना स्थापनालगायत अन्य कामका लागिसमेत मार्ग प्रशस्त भएको छ ।
चिनियाँ लगानीकै उद्योग होङशी शिवम्ले नवलपरासीमा कारखाना स्थापना गरेर सिमेन्ट उत्पादन शुरु गरिसकेको सन्दर्भमा चीनको अर्को ठूलो कम्पनी हुवाजिन नेपाल आउन लागेको हो ।
बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले उद्योग स्थापनाको प्रारम्भिक तयारीका काम भइरहेको जानकारी दिँदै आजको सम्झौतापछि लगानी भित्र्याउनका लागि मार्ग प्रशस्त भएको जानकारी दिए ।
उद्योग स्थापना गर्ने सन्दर्भमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारी र हुवाजिन सिमेन्टका प्रतिनिधि लिउ च्याङ्गोले गत वर्ष नै प्रारम्भिक लगानी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। सम्झौतालाई लगानी बोर्डको बोर्ड र हुवाजिनको बोर्डले पारित गरिसकेको छ । सोही आधारमा आज लगानीको अन्तिम सम्झौता भएको प्रवक्ता वाग्लेले जानकारी दिए ।
विसं २०७४ मंसिर १२ मा हुवाजिनलाई खानी विभागले धादिङको पानीखर्कमा खानी उत्खनन् गर्न अनुमति दिएको थियो । खानीका लागि चिनियाँ प्रवद्र्धकले रु ६० करोड खर्च गरेको छ । खानीका लागि हालसम्मकै बढी खर्च गरिएको यो पहिलो पटक भएको बताइन्छ ।
खानी विभागले बोलपत्रका आधारमा बढी मूल्य भुक्तानी गर्ने कम्पनीलाई उक्त खानी दिएको हो । उद्योगमा ३५० जनाले प्रत्यक्ष र एक हजार जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाउने बोर्डले जनाएको छ । बोर्डका अनुसार २०७२ पुस ५ गते उक्त कम्पनीको वैदेशिक लगानी भित्र्याउनका लागि सरकारले स्वीकृतिसमेत दिइसकेको छ ।
नेपालमा हाल ४१ उद्योगले सिमेन्ट उत्पादन गरिरहेका छन् । पछिल्लो पटक होङसी शिवम्समेत थपिएपछि उद्योगको संख्या ४२ पुगेको छ । यस्तै एक दर्जन उद्योग निर्माणका क्रममा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । स्थापना भएकामध्ये एक दर्जनभन्दा बढी उद्योगले क्लिंकर उत्पादन गर्ने गर्छन् । सञ्चालनमा रहेका अधिकांश उद्योगले आफ्नो क्षमतासमेत विस्तार गर्दै गएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहनुभएका पशुपति मुराकाको लगानी रहेको अर्घाखाँची सिमेन्ट उद्योगले क्षमता विस्तार गरेर दैनिक तीन हजार मेट्रिक टन बढी सिमेन्ट उत्पादन गर्ने तयारी गरेको छ । सरकारले स्वदेशमै सिमेन्ट उत्पादन गर्ने उद्योगलाई विशेष सुविधा दिने घोषणा गरेको छ । सिमेन्ट उद्योग संघका अनुसार नेपालमा ७७ वटा ब्रान्डका सिमेन्ट नापतौल तथा गुणस्तर विभागबाट मान्यता प्राप्त गरेका छन् ।
नेपालमा हाल झण्डै ३५ लाख मेट्रिक टन सिमेन्टको माग छ । नेपालमा स्थापना भएका सिमेन्ट उद्योगको कूल जडित क्षमता ५५ लाख मेट्रिक टन पुगिसकेको संघले जानकारी दिएको छ । विकास निर्माणको काममा बढोत्तरी हुँदै गएको तथा भौतिक पूर्वाधारमा समेत लगानी बढिरहेको सन्दर्भमा आगामी दिनमा थप सिमेन्ट उद्योग स्थापना हुने देखिएको छ ।
वन क्षेत्रको जग्गा प्रयोग, उद्योगका लागि आवश्यकपर्ने प्रसारण लाइन तथा यातायातको सहज पहुँचजस्ता विषयमा विशेष ध्यान दिइए थप लगानी भित्रने बोर्डको भनाइ छ । स्थानीयवासीसँग सहजीकरण गरी खानी क्षेत्रसँग पुग्ने पहुँचमार्ग तथा उद्योग स्थापनाका लागि केही समय भित्रै आवश्यक प्रक्रिया शुरु गर्ने जानकारी हुवासिनले आफूहरुलाई दिएको बोर्डका प्रवक्ता वाग्लेको भनाइ छ । चीनबाट यसअघि होङ्सी शिवम सिमेन्ट उद्योगमार्फत रु ३६ अर्ब लगानी भित्रिएको छ ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...












