एनजिओकाे चाैतर्फि दबाब : गृह मन्त्रालयकाे नयाँ नीति बाेरामै थन्कियाे
काठमाडौं,९ असार । सरकारले संस्थाका नाममा विकृति बढेको भन्दै गैरसरकारी संस्थालाई कडाइ गर्न ल्याएको नयाँ नितिले भने अहिले आएर फेल खाएको छ ।
स्थानीय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको चर्को दबाबपछि गृह मन्त्रालयले अाफ्नाे नयाँ निति बोरामा बाधेर फालेको छ।
गृह मन्त्रालयले जेठ २४ मा गैरसरकारी संस्थाले एउटा क्षेत्रमा मात्रै काम गर्न पाउने, संस्थाका पदाधिकारी एवं कर्मचारीले दर्ता र नवीकरण गर्नका लागि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने जस्ता नयाँ व्यवस्था ल्याएको थियो । तर संस्थाहरुको चौतर्फि दबाब पछि अहिले मन्त्रालयले घुँडा टेकेकाे हाे ।
सरकारले गैरसरकारी संस्था र यसका पदाधिकारीमाथि ल्याएको कडा व्यवस्थासँगै देशभरका गैरसरकारी संस्थाले सरकारको चर्को विरोध गर्दै आएका थिए । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले यसअघि गरिएको निर्णय कार्यान्वयन नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्णय गरेको थियो।
मन्त्रालयले पछिल्लाे समय जिल्ला प्रशासन कार्यालयहरूलाई स्वदेशी तथा विदेशी सामाजिक संघसंस्थाको विश्लेषण तथा वर्गीकरण, निर्णय कार्यान्वयन गर्ने विधि र प्रक्रियाका बारेमा अध्ययन गर्न तथा रायसुझावसहितको प्रतिवेदन पेस गर्न गृहका सहसचिवको संयोजकत्वमा समिति गठन भएकाले सो समितिले दिएको प्रतिवेदन छलफल भई कार्यान्वयनमा नआएसम्म यसअघिका उक्त निर्णयहरू कार्यान्वयन नगर्न भनि निर्देशन दिएकाे थियाे ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












