‘मृत्यु मार्ग’ को विकल्पमा सडक निर्माण शुरु
बुटवल, ९ असार । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभानखण्डअन्तर्गत सिद्धबाबा क्षेत्रको ‘मृत्यु मार्ग’ का रुपमा स्थापित जोखिमयुक्त सडकको विकल्पमा सडक निर्माण कार्य अघि बढाइएको छ ।
उक्त सडकको विकल्पमा प्रदेश नं ५ को सरकारले पाल्पाको झुम्सादेखि रुपन्देहीको देवदह नगरपालिका वडा नं ११ स्थित चरङ्गेसम्म सडक निर्माणका लागि पहिलो चरणमा मार्ग खोल्ने काम सम्पन्न भएको छ ।
बारम्बार पहिरो खसेर जोखिमयुक्त बनेको बुटवल–दोभान शिद्धबाबा सडकको विकल्पमा पाल्पाको झुम्साबाट रुपन्देहीको सीमा क्षेत्र चौकीभञ्ज्याङ हुँदै चरङ्गेसम्मको २१ किलोमिटर सडकलाई विकल्पका रुपमा निर्माण कार्य अघि बढाइएको छ ।
संघीय सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा शिद्धबाबाखण्डमा सुरुङ मार्ग बनाउने घोषणा गरेपछि प्रदेश सरकारले वैकल्पिक सडक निर्माणका लागि यो योजना अघि बढाउन थालेको हो । निर्माणाधीन वैकल्पिक सडकखण्डको शुक्रबार मुख्यमन्त्री शंकर पोखरेल र भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीसहितको टोलीले निरीक्षण गरेको छ ।
निरीक्षणका क्रममा उक्त सडक क्षेत्रमा पर्ने चौकीभञ्ज्याङमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले जोखिमयुक्त राजमार्गको विकल्पमा प्रदेश सरकारले झुम्सा–चरङ्गे सडकलाई पहिलो प्राथमिकतामा राखेर यस आवमा रु १० करोड विनियोजन गरेको बताए । उनले विकास भनेकै जनताको सहभागितामा सम्पन्न हुने भएकाले यो योजना सम्पन्न गर्न पनि जनताको प्रत्यक्ष सहभागिता हुनुपर्नेमा जोड दिए ।
यस क्षेत्रमा प्रशस्त मात्रामा रहेका चुनढुंगा खानीबाट उत्पादन हुने कच्चा पदार्थ ढुवानीका लागि यो सडक प्रयोग गर्न उपयुक्त हुने उनले बताए । त्यस अवसरमा प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरीले यो सडकलाई वैकल्पिक सडकमात्र नभई नियमित सवारी साधन सञ्चालन गर्ने गरी दुई लेनको सडक बनाउने प्रदेश सरकारको योजना रहेको जानकारी दिए ।
उनले झुम्सा–चरङ्गे सडकलाई प्रदेश सरकारको कार्य कुशलता र क्षमता देखाउने गरी ‘रोल मोडल रोड’ बनाउने लक्ष्य रहेको समेत बताउँदै सडक बनाउन बजेटको कुनै अभाव नहुने बताए ।
बुटवल–झुम्साको दूरी नौ किलोमिटरमात्र भए पनि सिद्धबाबाखण्डमा वर्षेनी खस्ने पहिरोका कारण हुने जनधनको क्षतिका कारण जोखिम न्यूनीकरणका लागि झुम्सा–चरङ्गे सडकलाई उपयुक्त विकल्पका रुपमा लिई जिल्ला समन्वय समिति पाल्पाको नेतृत्वमा तानसेन नगरपालिका, तिनाउ, वगनासकाली र रिब्दीकोट गाउँपालिकाका तथा रुपन्देहीको देवदह नगरपालिकाको करीब रु एक करोड लगानीमा पाँच किलोमिटर मार्ग खोलिएको तिनाउ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले जानकारी गराए ।
Comments
अरु समाचार
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...











