इथियोपियाली प्रधानमन्त्रीको पहिलो र्यालीमा विस्फोट
अदिस अबाबा, इथियोपिया, ९ असार नवनिर्वाचित इथियोपियाली प्रधानमन्त्री अविय अहमदको सम्मानमा शनिबार आयोजना गरिएको विजय जुलुसपछि सम्बोधनका क्रममा भएको विष्फोटमा परी कैयौँ सर्वसाधारणको मृत्यु भएको आशङ्का यहाँको राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ । घछनामा ८३ जना घाइते भएका छन् ।
इथियोपियाको राजधानी अदिस अबाबामा आयोजित र्यालीमा दशौँ हजार समर्थक तथा शुभेच्छुक सहभागी भएका थिए । जुलुसपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम अनुसार अवियले सम्बोधन गरिरहेका समय विष्फोट गराइएको थियो ।
“राजधानीको मुटुमा आयोजना गरिएको सभामा विष्फोट भएपछि प्रधानमन्त्रीले आफ्नो सम्बोधनलाई बिचैमा राकेर घटनास्थलबाट बाहिरिएका थिए भने विष्फोटबाट आत्तिएका कार्यक्रमका सहभागी मञ्चतर्फ बढेका थिए,” प्रत्यक्षदर्शीसमेत रहेका एएफपीका सम्वाददाताले बताए ।
जुलुसमा भएको अपार सहभागितालाई छायाँमा पार्ने उद्देश्यले विपक्षी समूहले विष्फोट गराएको हुनसक्ने प्रहरीलाई उद्धृत गर्दै राज्य सञ्चालित समाचार संस्था फाना ब्रोडकास्टिङ कर्पोरेटले जनाएको छ ।
विष्फोटमा परी घाइते सबै जनाले माया र शान्तिका लागि पीडा सहनु परेको छ, अवियलाई उद्धृत गर्दै फानाले जनाएको छ । विष्फोटको समाचार तयार पार्दासम्म कसैले जिम्मेवारी लिएको छैन । सभास्थल मास्केल स्क्वाएरलाई खुला बनाउने क्रममा प्रहरीले अश्रुग्यास हानेको छ ।
प्रधानमन्त्रीका रुपमा पद सम्हालेपछिको छोटो समयमा नै उहाँले सेना प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त गरेका थिए । मानवअधिकार उल्लंघन गरेको भन्दै उनले इथियोपियाको सुरक्षा फौजको पनि आलोचना गरेका थिए ।
पछिल्लो घटनालाई अहमदले ‘इथियोपियालाई एकतावद्ध देख्न नचाहने शक्तिहरूले गरेको असफल प्रयास’का रुपमा चित्रण गरेका छन् । गत अप्रिलमा जिम्मेवारी सम्हालेका अवियले आफू निर्वाचित भएपछि पहिलोपटक राजधानीमा सम्बोधन गर्दै थिए । यद्यपि उनले प्रान्तीय सभाहरूमा भने सहभागी भइरहेका थिए ।
बितेका तीन महिनामा नयाँ प्रधानमन्त्रीका रूपमा उनले सुरक्षा सेवा, पूर्व सरकारद्वारा कैदमा लिएका राजनैतिक वन्दी, अर्थतन्त्रको उदारीकरण र दुई दशकदेखि इथियोपियासँग द्वन्द्वरत इरिट्रियासँगको विवाद समाधान लगायतका बिषयमा व्यापक परिवर्तन ल्याएको बताइँदै आएको छ । रासस÷एएफपी
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












