टर्कीको राष्ट्रपतिमा एड्रोगान पुनः निर्वाचित, विपक्षीद्वारा हार स्वीकार
इस्तानबुल, ११ असार। टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पुनः निर्वाचित भएका छन् ।
थप पाँच बर्षका लागि उनी फेरी शक्तिमा अाएकाे भन्दै सोमबार टर्की भरी खुशीयाली मनाइएको छ ।
उनी दोस्रो कार्यकालका लागि संसदमा समेत अत्यधिक मतका साथ विजयी भएकाे विदेशी सञ्चार माध्यमहरूले जनाएका छन् ।
गत सन् २०१७ को अप्रिलमा संविधान संशोधन गरी मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लैजाने व्यवस्था गरिएको छ । राष्ट्रपतीय प्रणालीसँगै राष्ट्रपतिको अधिकार धेरै दिइएकाले तानाशाही हुन थालेको विपक्षीको आरोप छ ।
न्याय तथा विकास पार्टी (एकेपी)को कार्यालयमा आयोजित विजय सभालाई कार्यालयको बार्दीलीबाट सम्वोधन गर्दै ६४ बर्षिय एड्रोगानले समर्थक र शभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गर्नु भएको छ । “टर्कीले विश्वलाई लोकतन्त्रको पाठ सिकाएको छ,” उनले भने । सर्वोच्च निर्वाचन वोर्डले एड्रोगानको पक्षमा ५२.५ प्रतिशत मत परेको जानकारी दिएको छ । जवकी उहाँका निकटम प्रतिद्वन्द्वीले भने ३०.७ प्रतिशत मत ल्याएको जनाइएको छ ।
विपक्षीद्वारा हार स्वीकार
उनी विजयी भएको नतिजालाई विपक्षीहरूले पनि स्वीकार गर्दै मुलुक र जनताका लागि साझा व्यक्ति भएर काम गर्न सुझाव तथा शुभकामना दिएका छन् ।
प्रतिद्वन्द्वी मुहारेम इन्सले निर्वाचनको नतिजा स्विकारेको बताउदै भन्नु भएको छ, “एड्रोगानलाई बधाई छ, तपाई हामी सवैको राष्ट्रपति बन्नुहोला ।” रिपब्लिकन पिपुल्स पार्टीका नेता इन्सले आफ्ना सहयोगी र समर्थकहरुलाई पनि धन्यवाद र आभार व्यक्त गरेका छन्।
विश्वभरबाट बधाई
एड्रोगान विजयी भएकोप्रति विभिन्न देशका नेताहरूले बधाई दिदै सफलताको कामना गरेका छन् ।
पाँच बर्षका लागि फेरी उनी निर्वाचित भएकोमा रुस, इरान, सर्विया, बाेिस्नया, बोल्गरीयालगायतका देशहरुले खुशी व्यक्त गरेका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले निर्वाचनको नतिजा एड्रोगानको पक्षमा सशक्त रुपमा देखिएकाले टर्कीको सामाजिक तथा आर्थिक विकासका लागि काम गर्न सुझाव दिएका छन् ।
उनले देशलाई विश्वव्यापी रुपमा सकारात्मक अवस्थामा चिनाउन पनि एड्रोगानलाई शुभकामना दिए रूसको प्रमुख प्रशासनिक कार्यालय क्रेमलिनले जनाएको छ ।
अन्य देशका उनका समकक्षी तथा शीर्ष नेताहरूले पनि बधाइ सन्देश पठाउदै देश र जनताको पक्षमा काम गर्न शुभकामना दिएका छन् ।रासस÷एएफपी
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












