नाइजेरियामा अज्ञात समूहको आक्रमणबाट कम्तीमा ८६ जनाको मृत्यु
अबुजा, ११ असार।नाइजेरियाको मध्य प्रदेश प्लाटेउमा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ । विभिन्न ठाँउमा भएका घटनाहरमा परी उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।
शंकास्पद बन्दुकधारीहरूले शनिबार राती अवेर आक्रमण गरेका हुन् । आक्रमणमा परी अरु छ जना सख्त घाइते भएका छन् भने ५० घरमा क्षति पुगेको छ ।
त्यसैगरी दुई कार र १५ मोटरसाईकल पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरी अधिकारीहरूको भनाइ छ ।
एक जना प्रहरी प्रवक्ताले आक्रमणको कारणका बारेमा अहिलेसम्म केही पत्ता लाग्न नसकेको जनाएका छन् । आक्रमणकारीबाट विषेश गरी गासिस जिल्लाको रजात, रुकु, न्यार, कुरा र गाना रोप गाँउलगायतका ठाँउहरू बढी प्रभावित भएका छन् । बन्दुकधारीहरूको आक्रमणबाट ११ गाँउ प्रभावित भएका हुन् ।
प्रहरीले घटनाका बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढाइसकेको ती प्रहरी प्रवक्ताले बताए । राष्ट्रपति मोहम्मद बुहारीले सामाजिक सञ्जाल ट्वीटर मार्फत् घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । रासस÷सिन्ह्वा
Comments
अरु समाचार
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...











