अर्ना बियर खानूस् र अर्नाजस्तै फिट एन्ड फाइन बन्नूस्- अरुण केसी, जनरल म्यानेजर, यती ब्रुअरी
मदिराजन्य वस्तुको सेवन नगर्न सल्लाह दिने उनी आफै भने यती ब्रुअरीका उत्पादनलाई बजारीकरण गर्नेदेखि यतीले भित्र्याएका अन्य विदेशी ब्रान्डलाई स्थापित गर्ने ध्याउन्नमा छन् ।
शंकरदेव क्याम्पसबाट बी.कम. उत्तीर्ण अरुण केसी मदिराजन्य वस्तुको सेवन नगर्न सल्लाह दिन्छन् । तर, उनी आफै भने यती ब्रुअरीका जनरल म्यानेजर हुन् । विगत १२ वर्षदेखि नेपाली बजार र उपभोक्ताका इच्छासँग खेल्दै आएका उनी लामो समय बियर कम्पनीमा काम गरेपछि चाउचाउ हुँदै अहिले यती ब्रुअरीका उत्पादनलाई बजारीकरण गर्नेदेखि यतीले भित्र्याएका अन्य विदेशी ब्रान्डलाई स्थापित गर्ने ध्याउन्नमा छन् ।
सूर्य नेपालका उपाध्यक्ष तथा नेपालमा उच्च कोटिको रक्सी उत्पादन गर्दै आएको यती डिस्टिलरी प्रालिका अध्यक्ष रवि केसी उनका प्रेरणाका स्रोत हुन् । काठमाडौंका रैथाने केसी परिवारको सहयोग र सपोर्टले नै आफूले यहाँसम्मको यात्रा तय गर्न सफल भएको उनी सगर्व बताउँछन् ।
न्युज नेपालका सम्पादक सजीव कालाखेतीसँगको अन्तर्वार्ताका क्रममा केसीले दाजु रविको व्यक्तित्व र उनको सरल व्यवहारबारे चर्चा मात्र गरेनन्, उनको योगदान र भूमिकाका कारण आफू व्यवसायमा सफल भएको समेत बताए ।
यती ब्रुअरीले गएको वर्ष बजारमा ल्याएको अर्ना बियरको बजार उपस्थिति, विशेषता र अन्य विविध विषयका केसीसँग गरिएको कुराकानीको सम्पादित अंशः
अर्ना लाइट र अर्ना स्ट्रङ नाम कसरी जु¥यो ? यसका पछाडि कुनै रहस्य छ कि यत्तिकै हो ?
त्यस्तो केही होइन । तर, अर्ना नाम राख्नुको कारण भनेको नेपाली ब्रुअरी आइसकेपछि नेपाली ब्रान्ड पनि स्थापित गर्नुपर्छ भनेर यो नाम राखेका हौं । हामीले यस्ता खाले नामहरू खोज्दै जाँदा इतिहासको जगेर्ना पनि हुने अनि पर्यटन विकासमा पनि टेवा पु¥याउने भएकाले अर्ना नाम छनोट गरेका हौं । अर्ना विश्वबाटै लोप हुन लागेको जनावर हो, जो नेपालमा मात्रै पाइन्छ । एउटा पर्यटक जो नेपालको कुनै रेस्टुरेन्टमा बसेर बियर खाइरहेको बेला नाम हेरेर नै यहाँका बारेमा जान्न थप उत्सुक हुन्छ, जसले गर्दा नेपालको पर्यटन, संस्कृतिजस्ता कुरामा टेवा पुग्छ । सजिलो, छोटो र मिठो शब्द अर्नालाई उत्पादनको नाम राखिएको हो । र, अर्को कुरा बियर हाम्रो कम्पनीको लागि मात्र होइन, कम्पनीको नाफासँग मात्र जोडिएको कुरा पनि होइन । जब पर्यटक बढ्छन्, तब हाम्रो बियरको बजार पनि विस्तार हुने हो । अहिले हाम्रो बियरको बजारले गर्दा पनि धेरै नेपालीलाई अर्नाका बारेमा जान्ने, बुझ्ने मौका मिलेको छ ।
नेपाली शब्दकोश अनुसार अर्नाको शाब्दिक अर्थ जंगली राँगो वा बेस्सरी मोटाएको पशु भन्ने हुन्छ । तर, अर्ना लाइट र अर्ना स्ट्रङ लो क्यालोरीयुक्त बियर भएकाले मोटोपनाबाट बच्न सकिन्छ भनिएको छ । तारतम्य मिलेजस्तो लागेन नि ?
अर्नाको शाब्दिक अर्थ तपाईंले भनेजस्तोपनि ठ्याक्कै होइन होला । तर, हाम्रो सन्दर्भमा ठ्याक्कै त्यस्तो होइन । अर्ना र मोटोपनामा एकदमै विरोधाभासपूर्ण कुरा छ । किनभने, अर्ना मोटो भएर पनि फिट एन्ड फाइन हुन्छ । अर्ना ठूलो जनावर भए पनि त्यसलाई मोटो जनावरका रूपमा हेर्न मिल्दैन । किनभने, अर्नाले आवश्यक पर्दा सिंहलाई समेत मारेको कुरा यदाकदा देख्न पाइन्छ । यसकारण हाम्रो बियर खाएपछि अर्नाजस्तै फिट एन्ड फाइन भइन्छ भन्न खोजिएको हो ।
नेपाली बजारमा बियरको कुनै कमी छैन । यती ब्रुअरीले किङफिसरजस्तो चर्चित बियर पनि बजारमा ल्याएको छ । यस्तो अवस्थामा अर्ना लाइट र अर्ना स्ट्रङले के कस्तो प्रगति गरेको छ ?
सबभन्दा पहिलो कुरा त यती ब्रुअरीले किङफिसर बियर ल्याउने भनेको एक वर्ष अगाडिदेखिको तयारी हो, लाइसेन्स लिएपछि भारतसँग सम्झौता गरिए पनि यती ब्रुअरीले पूर्वाधारलगायतका कुराहरू ब्नाउनुपर्ने भएकाले ढिला भएको हो ।
अर्नाले बियर इन्डस्ट्रीमा उत्पादन भएजति सबै यो एक वर्षमा बेच्न सकेको छ, जुन कुरा अहिलेसम्म कुनै कम्पनीले यसरी पहिलो वर्षमै उत्पादनको शतप्रतिशत बेचेको रेकर्ड छैन । हामीले बियरको क्वालिटी, कमिटमेन्टलगायत सम्पूर्ण कुरा पूरा गरेकाले हाम्रा ग्राहकले मन पराइदिनुभएको छ, जसका कारण अहिले नै हाम्रो बजार हिस्सा ८ देखि १० प्रतिशत भइसकेको छ ।
अर्नाको बजार हिस्सा ८ देखि १० प्रतिशत छ भन्नुभयो । बाँकी ९२ प्रतिशत बजार गोर्खा ओगटेको छ भन्ने पनि सुनिन्छ, उसो भए अब अर्नाको प्रतिस्पर्धा कोसँग हो ? किङफिसरले अर्नाको बजारलाई के कस्तो असर गर्न सक्छ ?
बजार तपाईंले भनेजस्तो गोर्खाको मात्रै ९२ प्रतिशत छैन । बजारमा अरु पनि ८ र १० वटा ब्रुअरी छन् । अर्नाको प्रतिस्पर्धा कसैसँग पनि हुँदैन । किनभने, हामीले आफ्नो स्टाइलमा काम गरिरहेका छौं । एक वर्षमा उत्पादन भएको सबै बियर बेच्न सकेका छौं । त्यसैले हामी ग्राहकलाई सन्तुष्टि दिएर काम गर्ने हो, हाम्रो बियर खाँदा अनावश्यक गन्ध छैन, पेट ढुस्स हुँदैन र क्वालिटीमा कुनै सम्झौता गरेका छैनौं ।
किङफिसरले अर्नालाई कुनै असर गर्दैन । किनभने अर्ना तीन स्वादमा छ भने किङफिसर दुई स्वादमा र यसमा आफ्नै किसिमको गुण, स्वाद भएकाले पनि यी भिन्न ब्रान्ड हुन् । नेपालमा अत्यधिक रुचाइएका यी पाँच स्वाद नै यती ब्रुअरीका पहिचानसमेत हुन् ।
नेपालमा अहिले ८/१० वटा ब्रुअरी छन् । तपाईंहरू नयाँ पनि हुनु भो । नेपाली बियर उत्पादन कम्पनीसँग २०औं वर्ष पुराना मेसिनको प्रयोग हुने गरेको छ । ७० प्रतिशत कनिकाको प्रयोग हुन्छ भन्ने पनि सुनिन्छ । यसले स्वादमा असर पार्छ कि पार्दैन ?
हेर्नुस् मेसिन भन्ने कुरा कहिल्यै पनि पुरानो र नयाँ हुँदैन । प्रविधि नयाँ र पुरानो हुन सक्छ । मेसिनलाई त मर्मत गरेर चलाउन सकिन्छ नि हैन त ! तर, उच्च प्रविधिको प्रयोगबाट बनाएको बियर र पुरानो प्रविधिको प्रयोग गरेर बनाएको बियरको स्वादमा भने फरकपना आउन सक्छ ।
हाम्रो सोचाइ के छ भने चामल भनेको हाइ क्वालिटी हो र कनिका भनेको लो क्वालिटी हो । चामललाई टुक्य्राएर कनिकाका रूपमा विकास गरेर प्रयोग हुने भएकाले यस्तो हल्ला बजारमा फैलिएको हुन सक्छ । तर, हामीले प्रयोग गर्ने भनेको कनिका होइन । हामीले ‘ए ग्रेड’को चामल नै प्रयोग गर्ने गरेका छौं । बियर उत्पादनको एउटा रेसिपी हुन्छ, कसैले ४० प्रतिशत प्रयोग गर्छ, कसैले ५० प्रतिशत प्रयोग गर्लान्, त्यो फरक कुरा हो । तर, ६० प्रतिशत भन्दा बढी कसैले प्रयोग गर्दैनन् । मुख्य कुरा कनिका धेरै प्रयोग गर्दैमा बियरको मूल्य घट्ने/बढ्ने भन्ने हुँदैन । मूल्य त सरकारको नीतिले फरक पार्ने कुरा न हो ।
‘हाई अन फन, लो अन क्यालोरी’ भन्ने नारासहित बजारमा आउनुभएको छ । यसको अर्थ के हो ?
अर्ना बियर तीन प्रकारको छ, एउटा अर्ना लाइट, अर्ना प्रिमियम र अर्ना स्ट्रङ । बियर खाने केका लागि ? पहिलो कुरा त बियर खाने रमाइलोका लागि हो, लो अन क्यालोरी भन्नाले लाइटमा क्यालोरीको मात्रा कम छ र यसका साथै नेपालमा लाइट बियर नै अर्ना हो । अन्य बियरमा भन्दा यसमा ३४ प्रतिशत क्यालोरी कम र २० प्रतिशत कार्बोहाइड्रेट कम छ, यसको नशा बिस्तारै चढ्छ ।
नेपाली सबैको बियर पिउन सक्ने हैसियत छैन । यस्तो अवस्थामा यती ब्रुअरीको टार्गेट कस्तो खालको समुदाय हो ? तपाईंहरू मारुती कि मर्सिडिज ?
सिम्पल कुरा, जसले अफोर्ड गर्न सक्छ, त्यो हाम्रो टार्गेट समूह हो । हामी पनि भन्छौं, सामान्यतया २१० देखि ४०० रुपैयाँसम्म तिरेर सबै नेपालीले खान सक्ने क्षमता छैन । तर, यस्तो पनि होइन कि नेपालीको बियर खान सक्ने हैसियत नै छैन । किनभने, अहिले नेपालमा स्वदेशीभन्दा विदेशी रक्सीको बिक्री बढेको छ । अचेल गाउँमा पनि रेमिट्यान्सले गर्दा मानिसहरू मनोरञ्जनका साधनको खोजीमा छन् । नेपालमा के कुरा सस्तो छ भन्नूस् त, सामान्यतया २१० देखि ४०० रुपैयाँसम्मको बियर अफोर्ड गरिरहेको छ मान्छेले । तर, हामीले बियर खान पर्छ भनेर प्रचार गर्न खोजेका होइनौं, जे छ त्यो कुरा बजारमा ल्याएका छौं । ग्राहकले मन पराइदिनु भएको छ । प्रतिव्यक्ति ३÷४ लिटर उपयोग गर्ने क्षमता त छ नि ! त्यसैमा हामीले काम गर्ने हो ।
तसर्थ, हामी मारुती पनि होइनौं र मर्सिडिज पनि ! किनभने, जहाँ मारुती चाहिन्छ, त्यहाँ मारुती पुग्छ अनि जहाँ मर्सिडिज चाहिन्छ, त्यहाँ मर्सिडिज नै पुग्छ । अर्को कुरा, हाम्रो टार्गेट थोत्रो साइकलदेखि बोइङसम्मको हो ।
सरकारले बजेटमार्फत करको दायरा फराकिलो बनाउँदै रक्सीको तुलनामा बियरको अन्तशुल्क बढाएको छ । यसका साथै कर, इजाजत र नवीकरणजस्ता कुरामा समेत वृद्धि भएको कुरा आइरहेका बेला बियर पारखी र व्यवसायीबीचको दूरी कत्तिको टाढा हुँदै गएको छ ? या, बजारमा बियरको माग झन् बढेर गएको छ ?
सरकारले बढाएको करको भार अवश्य पनि उपभोक्तामा नै पर्ने हो । हामीले त्यो भार उठाउन सक्दैनौं । अहिले प्रत्येक दिन मूल्य सूचीमा अदलबदल भइरहेको छ । करको दायरा ह्वात्तै बढ्दा हामी पनि डराएका छौं, कतै हाम्रो बजार घट्ला कि भन्ने एक किसिमको भय हामीलाई पनि छ । तर, राज्यले देशको हितमा नै निर्णय गरेको हुनुपर्छ । त्यसैले यसमा त्यति धेरै ठूलो गुनासो छैन । अर्को कुरा, मदिराजन्य पदार्थको प्रयोगमा कमी ल्याउने भन्ने छ तर यसले गर्दा चोरीपैठारी बढ्ने त होइन, कतै यसले राजस्वमा नै नकारात्मक असर पार्ने त होइन ! यतातिर पनि राज्यले ध्यान दिनु जरुरी छ ।
बजारमा अब लगानीको समस्याले पिरोल्छ कि भन्ने चिन्ता छ । किनभने, बैंकले ऋण दिन सकिरहेका छैनन् । हरेक कुरामा असर परिरहेको छ, प्रतिकार्टुन बियरको मूल्य चार/पाँच सय रुपैयाँले बढ्नु भनेको त सामान्य कुरा हुँदै होइन । यो त एकदम ठूलो वृद्धि हो । त्यसैले यसले त ठूलो असर गर्छ नै ।
नेपालको चितवनमै उत्पादन हुने गरेको अर्ना लाइट र अर्ना स्ट्रङको स्वाद स्वदेशी हो ?
बियरको स्वाद स्वदेशी र विदेशी भन्ने हुँदैन । दालमा स्वादको कुरा आउन सक्ला । जस्तोः चितवनको दाल यस्तो, नुवाकोटको दाल उस्तो भन्ने । बियमा त्यस्तो हुँदैन । हाम्रो नेपाली स्वादका रूपमा स्ट्रङ स्थापित भइरहेको छ । त्यस कारण पनि हामी नेपाली स्वादलाई परिस्कृत गरेर लैजाँदै छौं । कच्चा पदार्थका रूपमा पानी धरै मात्रामा हुन्छ र पानी भने यहीको प्रयोग हुने भएकाले पानीको गुणस्तरले स्वादमा केही असर भने गरेको हुन सक्छ ।
अन्त्यमा, अहिले उत्पादन के कति मात्रामा हुने गरेको छ ? र, अर्को वर्षमा तपाईंहरूको बजार हिस्सा कस्तो रहला ?
एक वर्षमा १२/१४ लाख कार्टुन बियर उत्पादन भएर सबै बजारमा खपत भइसकेको छ । आउँदो वर्षको हाम्रो लक्ष्य भनेको १५/२० प्रतिशतसम्म बजार हिस्सा ओगट्ने भन्ने हो । सरकारले मदिरा बेच्न इजाजत दिएको ठाउँमा बियर पु¥याउन सक्नुप¥यो, क्वालिटीमा सम्झौता गर्नु भएन र ग्राहकको इच्छालाई ध्यानमा राखेर रणनीति बनाउनु प¥यो । बजार प्रतिनिधिसँग समधुर सम्बन्ध स्थापित गर्नप¥यो । बाँकी कुरा बिस्तारै हुँदै जान्छन् ।
अर्ना बियरले विश्वकप महाकुम्भ मेलालाई विशेष बनाउदै आफ्नो बजार हिस्सा बढाउने ध्येयका साथ चलाएको अभियानः
Comments
अरु समाचार
-
Shaping Tomorrow’s Media: Jonathan Ranger Highlights Lessons from China–Nepal Academic Exchange
In this special feature, Editor-in-Chief Sajib Kalakheti sits down with Mr. Jonathan Ranger, a journalism student who recently participated in...
-
एमाले सचिव योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेकाे लिखित प्रस्तावकाे पूर्णपाठ !
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी र देश गम्भीर संकटमा फसेको निष्कर्षसहित केन्द्रीय कमिटी बैठकमा लिखित धारणा पेश...
-
Nepal-China relations built on trust and peaceful coexistence, says Consul General Niroula
Lhasa, Tibet: On the auspicious occasion marking the 70th anniversary of the establishment of diplomatic relations between Nepal and the...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना
काठमाडाैं । जब मानिसमा तर्कमा बल पुग्दैन, तत्पश्चात् उसले कुतर्क गर्दछ, कतिपय अवस्थामा त मुढे बल प्रयोग गर्दछ । यदाकदा...
-
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
काठमाडाैं । चर्चित संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिविरुद्धको चार वर्षअघिको रिटमा प्रत्यर्थी (संवैधानिक अंगका पदाधिकारी)हरूका कानून व्यवसायीले ओजिलो, तर्कशील र तथ्यपरक...
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...












