हर्क साम्पाङले मागे प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा
काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह संसदप्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले प्रधानमन्त्री संसदमा उपस्थित नभई नीति तथा कार्यक्रममाथिको छलफलबाट टाढा रहनु संसदीय परम्परा र लोकतान्त्रिक मूल्यविपरीत भएको बताएका हुन् ।
साम्पाङले राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गराएपछि प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिनुपर्ने संसदीय अभ्यास रहेको उल्लेख गरेका छन् । तर प्रधानमन्त्री लगातार संसदमा अनुपस्थित रहनु, प्रतिपक्षले उपस्थितिको माग गर्दा समेत बेवास्ता गर्नु र संसदका गतिविधि कार्यालयबाट ‘लाइभ’ हेरेर बस्नुले संसदको गरिमामाथि आघात पुगेको उनको भनाइ छ ।
विज्ञप्तिमा उनले प्रधानमन्त्रीले संसदमार्फत सम्पूर्ण नेपाली जनताको लोकतन्त्रमाथिको विश्वास कमजोर बनाएको आरोप लगाएका छन् । \संसदको मर्यादा र गरिमा जोगाउन नसक्ने प्रधानमन्त्री असफल भएको देखिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
साम्पाङले प्रधानमन्त्री संसदमा उपस्थित भएर जनताका प्रश्नको जवाफ दिन नसक्नु गम्भीर विषय भएको भन्दै नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने मागसमेत गरेका छन् । उनले संसदलाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्तिले लोकतान्त्रिक प्रणाली कमजोर बनाउने चेतावनी दिएका छन् ।
त्यस्तै, सरकार सीमासुरक्षा, जनजीविका र सुशासनका विषयमा समेत असफल भएको आरोप लगाउँदै साम्पाङले जनताको न्यूनतम अपेक्षा पूरा गर्न सरकार चुकेको टिप्पणी गरेका छन् ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
विश्वकप २०२६: समूह चरण सकियो, अन्तिम ३२ टोलीको भिडन्त तय
काठमाडौं । ४८ टोली सहभागी पहिलो पटकको विस्तारित विश्वकप फुटबलको समूह चरण सम्पन्न भएसँगै नकआउट चरणमा पुग्ने अन्तिम ३२ टोलीको...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...












