मुलुकलाई समृद्धिको मार्गमा लानु नै सरकारको पहिलाे प्राथमिकता – मन्त्री बाँस्कोटा
सुरुङ्गा, झापा, १४ असार। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्धिको मार्गमा डो¥याउनु नै सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।
आज झापाको चन्द्रगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रतिपक्षले उठाएका असल कुराहरुलाई यथोचित स्थान दिएर समृद्ध मुलुक निर्माणका लागि वर्तमान सरकार अघि बढ्ने बताए ।
“विकासमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन,” उनले भने – “प्रतिपक्षलाई पनि साथमा लिएर हामी सिङ्गै नेपालको विकासका लागि अघि बढ्छौं । विचारमा सत्तापक्ष र प्रतिपक्ष हुनसक्छ भन्ने हाम्रो मान्यता हो तर, विकासमा होइन ।”
आफ्नै बजेट, आफ्नै नीति र आफ्नै घोषणाबाट सरकारले समृद्धि र विकासलाई मूर्तरुप दिन खोजेको र अब सरकारको कामको वास्तविक परीक्षण शुरु भएको उहाँको भनाइ थियो । मन्त्री बाँस्कोटाले भने– “यस अघि हामीसँग बजेट अर्कैको थियो । नीति अर्कैको थियो । कार्यक्रम अर्कैको थियो । त्यो खाली समन्वयात्मक थियो, अब त्यस्तो हुँदैन । हामीले तीन महिनाको अवधिमा सरकारले गरेको कामको समीक्षा गरिसकेका छौं ।”
एक फरक प्रसंगमा मन्त्री बाँस्कोटाले सरकार अब घरेलु मामिला सुदृढ गर्न लागिपर्ने बताउनुभयो । उनले प्रधानमन्त्रीको चीन भ्रमण पछि अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ भएको बताउँदै सरकारले घरेलु मामिला सुदृढ पार्ने सिलसिलामा प्रशासनिक संरचना, विभिन्न निकायहरुको संगठनात्मक संरचना, दरबन्दीको टुङ्गो, स्थानान्तरण जस्ता काम सक्न लागेको जानकारी दिए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












